मंगलबार, भदौ ९, २०८३

एउटै मण्डपमा दुइटी बेहुलीसँग बिहे

भारतको मध्यप्रदेशमा एक युवकले दुई श्रीमतीसँग सँगै बिहे गरेका छन्।
 |  सोमबार, असार २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २९, २०७७

काठमाडौं- भारतको मध्यप्रदेशमा एक युवकले दुई श्रीमतीसँग सँगै बिहे गरेका छन्।

उनले दुवैलाई एउटै मण्डपमा राखेर बिहे सम्पन्न गरेका हुन्।

यो अनौठो बिहेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेकाे छ। यो आश्चर्यजनक घटनामा सहभागी दुई दुलहीमध्ये एउटी दुलाहाकी प्रेमिका हुन् भने एउटी दुलाहको परिवारले रोजेकी बुहारी।

दुवै कन्यालाई सँगै राखेर गरिएको बिहेमा दुलाहसहित दुवै दुलहीको परिवार सहभागी भएको थियो।

यस्तो अनौठो बिहे मध्य प्रदेशको बैतुल जिल्लास्थित डाडोँगरी तहसिलको केरिया गाउँमा भएको हो।

सन्दीप नामका ती युवकले बिहेको सबै विधिविधान पूरा गरी दुवै दुलही भित्र्याएका छन्।

समाचारमा जनाइएअनुसार सन्दीपले भोपालमा पढ्दै गर्दा होसंगावादकी एक युवतीसँग प्रेम गरेका थिए। दुवै जनाले आफ्नो प्रेमलाई विवाहमा परिणत गर्ने निधो गरे।

यो कुरा सन्दीपले घरपरिवारलाई भनेका थिएनन्। घरपरिवारले उनको लागि अर्की दुलही खोजेर बिहेको तयारी गरिदिँदै थिए।

सन्दीप घरमा पुगेपछि परिवारले बिहेका लागि दुलही खोजीसकेको कुरा सुनाए। सन्दीप आफैंले पनि दुलही खोजेका थिए। एउटी प्रेम गरेकी र अर्की परिवारले वचन दिएकी युवती कुनैलाई पनि छोड्न सक्ने अवस्था बनेन।

अन्ततः एउटै मण्डपमा दुवै दुलहीसँग उनी बिहे बन्धनमा बाँधिए।

न्युज १८ डटकमबाट

प्रकाशित: Jul 13, 2020| 16:14 सोमबार, असार २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।