बिहीबार, चैत ५, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • व्यायाम व्यवसायीले गठन गरे संघ, एकै व्यक्ति दुई वटा खेल संघका अध्यक्ष

व्यायाम व्यवसायीले गठन गरे संघ, एकै व्यक्ति दुई वटा खेल संघका अध्यक्ष

काठमाडौंका व्यायाम व्यवसायीको भेलाले ‘व्यायाम व्यवसायी संघ, काठमाडौं’ गठन गरेको छ।
 |  आइतबार, असार २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २८, २०७७

काठमाडौं– काठमाडौंका व्यायाम व्यवसायीको भेलाले ‘व्यायाम व्यवसायी संघ, काठमाडौं’ गठन गरेको छ। काठमाडौंमा रहेका करिब साढे दुई सय व्यायाम व्यवसायीहरुको भेलाले सुरेश सुवेदीको अध्यक्षतामा संघ गठन गरेको हो।

National life

सुवेदी काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघका समेत अध्यक्ष हुन्। उनी खिचापोखरी र थापाथलीस्थित फिट्नेस गराजका सञ्चालक पनि हुन्।

व्यायाम व्यवसायीहरुलाई एकजुट बनाइ व्यवसायिक हकहित, अधिकार र सुरक्षाका लागि संघ गठन गरिएको सुवेदीले जनाएका छन्। सरकारले अनुमति दिए विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सुरक्षा मापदण्ड अनुसार सम्पूर्ण सुरक्षा संयन्त्र अपनाइ व्यवसायी सञ्चालन गर्न तयार रहेको अध्यक्ष सुवेदीले बताए।

भर्खरै जारी भएको राष्ट्रिय खेलकुद विकास ऐनको दफा २२ अनुसार संघ स्थापना भएको अध्यक्ष सुवेदीले नेपाल समयलाई बताएका छन्। उक्त दफामा नयाँ खेलकुद संघको स्थापना गर्ने प्रावधान छ।

यसअघि उनी अध्यक्ष रहेको शारीरिक सुगठन तथा संघ खेलाडीका लागि रहेको अध्यक्षले प्रष्ट पारेका छन्। “यसअघि व्यवसायीको कुनै संघ नै थिएन। तर, अहिले हामीले व्यवसायीको हकहितको लागि संघ गठन गरेका हौं। पहिलेको शारीरिक सुगठन संघ खेलाडीको लागि हो भने यो चाहीँ व्यवसायीको लागि हो,” सुवेदीले भने।

Laxmi sunrise bank
kumari

ऐनको दफा २२ को २ (क) मा एक खेलको एक मात्र संघ हुनुपर्ने प्रावधान छ। यस्तै, उक्त दफाको उपदफा २ (ख) मा एकै व्यक्ति दुई वा दुईभन्दा धेरै खेल संघमा पदाधिकारी हुन नसक्ने व्यवस्था छ। तर, सुवेदी शारीरिक सुगठन संघमा अध्यक्ष रहँदारहँदै व्यायाम व्यवसायी संघको पनि अध्यक्ष बनेका छन्।

“चुनाव नहुन्जेलसम्मका लागि मात्र म अध्यक्ष भएको हुँ। त्यसपछि चुनावले नै नयाँ अध्यक्ष बनाउँछ,” अध्यक्ष सुवेदीले भने।

नवगठित संघको उपाध्यक्षत्रयमा बुद्धिजंग कार्की, कृष्ण विष्ट र बालमुकुन्द अवाले, सचिवमा जगन्नाथ अधिकारी, उपसचिवमा विजयत्त्तम रत्न बज्राचार्य, कोषाध्यक्षमा अनिल श्रेष्ठ तथा सहकोषाध्यक्षमा श्रीकृष्ण अधिकारी छन्।

सदस्यहरुमा रमेश श्रेष्ठ, दीपेन्द्र प्याकुरेल, रोजन खड्का, रमेश श्रेष्ठ, विजय देउला, प्रकाश प्रजापति, शंकर महर्जन, सनम दुवाल, रमेश श्रेष्ठ, देविका राई, कृष्णगोपाल श्रेष्ठ, अनिललाल श्रेष्ठ, विनोद श्रेष्ठ र मिलन लामा छन्।

प्रकाशित: Jul 12, 2020| 18:38 आइतबार, असार २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।