बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • किर्ते मुद्दामा ठेकेदार महर्जन पक्राउ परेपछि धादिङका २३ विद्यालय भवन अलपत्र

किर्ते मुद्दामा ठेकेदार महर्जन पक्राउ परेपछि धादिङका २३ विद्यालय भवन अलपत्र

विद्यालय भवन निर्माणको जिम्मा पाएको भ्याली कन्स्ट्रक्सनका सञ्चालक रवीन्द्र महर्जन किर्ते कागजातको मुद्दामा पक्राउ परेपछि धादिङका २३ भवन पनुर्निर्माणको काम अलपत्र परेको छ।
 |  शुक्रबार, असोज १, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १, २०७८

धादिङ- विद्यालय भवन निर्माणको जिम्मा पाएको भ्याली कन्स्ट्रक्सनका सञ्चालक रवीन्द्र महर्जन किर्ते कागजातको मुद्दामा पक्राउ परेपछि धादिङका २३ भवन पुनर्निर्माण अलपत्र परेको छ। २०७२ सालको भूकम्पले भत्काएका धादिङका १०, मकवानपुर र काभ्रेका १३ विद्यालय बनाउने काम १५ महिनामै सक्ने गरी भारतीय दूतावासले ललितपुरको भ्याली कन्स्ट्रक्सन प्रालिसँग सम्झौता गरेको थियो।

धादिङका विद्यालय पुनर्निर्माण गर्न ४४ करोड रुपैयाँमा ठेक्का लिएको भ्यालीले २० प्रतिशत रकम पेस्कीसमेत लिइसकेको छ। तर कम्पनीका सञ्चालक रवीन्द्र महर्जन विभिन्न ठेक्कामा बैंक भौचरलगायतका कागजात किर्ते गरी पेस गरेको आरोपमा प्रहरी हिरासतमा छन्।

मूल ठेकेदारबाट रकम नपाएका स्थानीय ठेकेदार (पेटी कन्ट्रयाक्टर) हरुले अहिले काम गरेका छैनन्। निर्माण कम्पनीले पुरानो ऋण चुक्ता नगरी कालो सूचीमा परेपछि विभिन्न बैंकले आफ्नो ऋण कम्पनीले ल्याएको पेस्की रकमबाटै असुले।

‘भएका भवन भत्काइयो नयाँ बन्न सकेन। पढाउन सकस भइरहेको छ। हामीले हाल बैरेनी बजारमा रहेका स्थानीयका घरमा कोठा भाडामा लिएर कक्षा चलाइरहेका छौं,’ बैरेनीस्थित मिन्दुला मावि व्यवस्थापन समिति अध्यक्ष ईश्वरी अर्यालले भने।

सिद्धलेक–१ बैरेनीस्थित मिन्दुला मावि पुनर्निर्माण गर्न ८ करोडमा २२ प्रतिशत घटेर निर्माण जिम्मा लिएको भ्यालीले स्थानीय ठेकेदार पुष्प थपलियालाई काम गर्ने जिम्मा दिएको थियो । स्थानीय ठेकेदारले पनि विद्यालयका पुराना ६ वटा भवन भत्काएर गत वर्षकै वैशाखमा काम  थालेको थियो। घडेरी सम्याउन नपाउँदै मुख्य ठेकेदार पक्राउ परेपछि निर्माण कार्यले गति लिन सकेन।

‘भएका भवन भत्काइयो नयाँ बन्न सकेन। पढाउन सकस भइरहेको छ। हामीले हाल बैरेनी बजारमा रहेका स्थानीयका घरमा कोठा भाडामा लिएर कक्षा चलाइरहेका छौं,’ बैरेनीस्थित मिन्दुला मावि व्यवस्थापन समिति अध्यक्ष ईश्वरी अर्यालले भने।

ज्वालामुखी गाउँपालिकाका चार वटा विद्यालयका भवन पनि पुनर्निर्माणका लागि भत्काइए तर निर्माणले भने गति लिएको छैन। ‘भूकम्पले भत्काएका सालवास, ठुलोचौर, त्रिपुरासुन्दरी र वीरचेत माविका भवन पुनर्निर्माण गर्ने नाममा भत्काएर झनै लथालिंग बनाएर छोडिएको छ,’ ज्वालामुखी गाउँपालिका अध्यक्ष विनोद तिमिल्सिनाले भने।

दूतावासले मैदीको ठूलोचौर मावि, चैनपुरको सालबास मावि, दार्खाको वीरचेत मावि, सल्यानटारको सल्यानकोट मावि, गजुरीको महेन्द्रोदय मावि र कुम्पुरको महाकाली माविको भवन एक वर्षभित्र बनाउने भन्दै राष्ट्रिय पुनर्निर्माण प्रधिकरणसँग २०७४ को सुरुमै सम्झौता गरेको थियो। तर कुनै पनि भवन बनेका छैनन्।

महर्जन सरकारी र सार्वजनिक लिखत किर्तेमा संलग्न रहेको आरापमा पक्राउ परेका थिए।  महर्जनमाथि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको बौद्धदर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको लेटर प्याड किर्ते गरेको आरोप छ।

तीन जिल्लाका २३ विद्यालय पुनर्निर्माणको जिम्मा लिएको भ्याली कन्स्ट्रक्सनसँगको ठेक्का सम्झौता रद्द गरी नयाँ टेन्डर प्रक्रियामा रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) ले जनाएको छ।

भूकम्पका कारण धादिङमा–४ सय ६५ विद्यालयका ३ हजार ७ सय ७५ कक्षा कोठा पूर्णरुपमा ध्वस्त भएकामा अधिकांश भवन पुनर्निर्माण भइसकेका छन्।

महर्जन सरकारी र सार्वजनिक लिखत किर्तेमा संलग्न रहेको आरापमा पक्राउ परेका थिए।  महर्जनमाथि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको बौद्धदर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको लेटर प्याड किर्ते गरेको आरोप छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार चन्द्रनिगाहपुर–९ मा निर्माण नै नभएको बहुतले अस्पताल भवन निर्माण सम्पन्न भएको भन्दै ४३ करोड ५५ लाख ६०९ संस्थालाई हस्तान्तरण गरेको प्रमाणित गरिन्छ भन्ने व्यहोरा उल्लेख गरी किर्ते गरेको पाइएको छ।

यस क्रममा महर्जनले संस्थाका योजना अधिकृत गंगाकुमारी गुरुङ र शाखा अधिकृत दीर्घकुमारी गुरुङको हस्ताक्षर भएको विभिन्न ६ वटा पत्र किर्ते गरेका थिए।

महर्जनले सरकारका विभिन्न निकायद्वारा आह्वान गरिएका बोलपत्रमा भाग लिने क्रममा समेत किर्ते कागजपत्र प्रयोग गरेको ब्युरोले जनाएको छ। 


प्रकाशित: Sep 17, 2021| 10:24 शुक्रबार, असोज १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।