सोमबार, असार २९, २०८३

तेक्वान्दोमा मधुलाई स्वर्ण, प्रगति र आयुषलाई रजत

प्रथम मलेसियन ओपन अनलाइन अन्तर्राष्ट्रिय स्पोर्ट्स च्यालेन्जमा नेपालका प्रतिस्पर्धी मधुसुदन सापकोटाले स्वर्ण जितेका पदक जितेका छन्।
 |  आइतबार, असार २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २८, २०७७

काठमाडौं- प्रथम मलेसियन ओपन अनलाइन अन्तर्राष्ट्रिय स्पोर्ट्स च्यालेन्जमा नेपालका प्रतिस्पर्धी मधुसुदन सापकोटाले स्वर्ण जितेका पदक जितेका छन्।

तेक्वान्दोको पुम्से विधामा भइरहेको प्रतियोगितामा मधुले ४० वर्षमाथि उमेर समूहमा स्वर्ण पदक जितेका हुन्।

त्यस्तै प्रतियोगितामा प्रगति कुइँकेलले १३–१४ वर्ष उमेर समूह तथा आयुष बोहाेराले १५–१७ वर्ष उमेर समूहमा रजत जिते।

१०–१२ वर्ष उमेर समूहबाट भिजन तामाङ र यू–९ मा प्रवीण श्रेष्ठले कांस्य हात पारे। पदक विजेता सबै खेलाडी नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का रहेका एकेडेमीका अध्यक्ष अशोक खड्काले जानकारी दिए। एनटीएबाट ८ खेलाडी सहभागी हुँदा तीन खेलाडीको प्रतिस्पर्धा हुन बाँकी छ।

प्रतियोगितामा १२ राष्ट्रका ३ सय ७५ खेलाडीको सहभागिता छ। जुलाई ११ तारिखदेखि सुरु प्रतियोगितामा खड्काले निर्णायकको भूमिका निर्वाह गरिरहेका छन्। प्रतियोगिता सोमबार सम्पन्न हुनेछ।

प्रकाशित: Jul 12, 2020| 15:52 आइतबार, असार २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।