बुधबार, फागुन २७, २०८२

भारी वर्षाका कारण भारतको उत्तर प्रदेशमा २० को मृत्यु

भारतको उत्तर प्रदेशमा पछिल्लो २४ घण्टा यता भारी वर्षा भइरहेको छ। उत्तर प्रदेशको राजधानी लखनउसहित थुप्रै जिल्लामा भइरहेको भारी वर्षाका कारण २० जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
 |  शुक्रबार, असोज १, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १, २०७८

काठमाडौं- भारतको उत्तर प्रदेशमा पछिल्लो २४ घण्टा यता भारी वर्षा भइरहेको छ। उत्तर प्रदेशको राजधानी लखनउसहित थुप्रै जिल्लामा भइरहेको भारी वर्षाका कारण २० जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

National life

आन्चलिक मौसम केन्द्रको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा प्रतापगढ र अयोध्यामा सबैभन्दा बढी वर्षा भएको छ। यसका साथै फुरसतन्ज, कुन्डा, मऊ, पट्टी, बस्ती, लालगन्ज तथा रायबरेली लगायतका क्षेत्रमा भारी वर्षा भएको हो।

लखनउस्थित बीबीए युनिभर्सिटीका प्रोफेसर तथा पर्यावरण विद वेन्कटेश दत्ताले लखनउमा पछिल्लो ३६ घण्टामा २२२.६ मिलिमिटर  वर्षा भएको बताएका छन्। 

मौसम विभागले आगामी ४० घण्टासम्म वर्षा नरोकिने चेतावनी दिएको छ। वर्षाले ठूलो धनजनको क्षेती पुर्‍याएसँगै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुई दिनका लागि स्कुल, कलेज बन्द गर्न निर्देशन दिएका छन्।

वर्षाले घर तथा परखाल भत्किएर १३ जनाको ज्यान गएको नवभारत टाइम्सले जनाएको छ।  जौनपुरमा चार, पतेहपुरमा तीन, बाराबन्की र प्रतापगढमा दुई-दुई जनाको ज्यान गएको बताइएको छ। यस्तै सुलतानपुरमा एक जनाको ज्यान गएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 17, 2021| 08:45 शुक्रबार, असोज १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।