बिहीबार, भदौ ४, २०८३

तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ बुल्दीखोलामा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
 |  शुक्रबार, असोज १, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १, २०७८

काठमाडौं- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ बुल्दीखोलामा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना७ख ९२३७ नम्बरको ट्रक बुल्दीखोलामा खस्दा अन्दाजी २८ वर्षीय पुरुषको मृत्यु भएको हो।

मृतकको नामथर नखुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। दुर्घटनामा ट्रकमा सवार नवलपरासी कावासोतीका १४ वर्षीय राजकुमार विक घाइते भएका छन्।

घाइते विकको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ। उनको खुट्टा र कुहिनोमा चोट लागेको छ। ट्रक सडकबाट १० मिटर तल बुल्दीखोलामा खसेको थियो। मृतकको शव दमौली अस्पतालमा राखिएको छ।

प्रकाशित: Sep 17, 2021| 07:12 शुक्रबार, असोज १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।