बिहीबार, चैत ५, २०८२

दुई जितपछि रियल मड्रिड ला लिगा विजेता बन्ने

एजेन्सी– शुक्रबार राति सम्पन्न अलाभेसविरुद्धको खेलमा जित निकालेसँगै रियललाई ला लिगामा लिगविजेता बन्न अब दुई जित आवश्यक बनेको छ।
 |  शनिबार, असार २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असार २७, २०७७

एजेन्सी– शुक्रबार राति सम्पन्न अलाभेसविरुद्धको खेलमा जित निकालेसँगै रियललाई ला लिगामा लिगविजेता बन्न अब दुई जित आवश्यक बनेको छ।

National life

स्टेडियो अल्फ्रेदो डि स्टेफानो रगंशालामा सम्पन्न खेलमा रियलले अलाभेसविरुद्ध २–० गोलले जित निकालेसँगै जित विजेता बन्न २ जित आवश्यक रहेको हो।

खेलमा जितका लागि करिम बेञ्जेमा र मार्को एसेन्सियाले गोल गरे। खेलको ११ औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै बेञ्जेमाले गोल गरेका थिए। त्यही गोलसँगै पहिलो हाफमा रियल एक गोलले अघि रह्यो।

दोस्रो हाफमा एसेन्सियाले गोल गरे। उनले खेलको ५१ औं मिनेटमा गोल गर्दै रियलको अग्रतालाई दोब्बर बनाएका थिए। सो अग्रतासँगै रियलले खेलमा जित निकाल्यो।

जितसँगै ३५ खेलमा ८० अंक बनाएको रियललाई २ जित नै लिगमा विजयी बन्न पर्याप्त छ। दोस्रो स्थानमा बार्सिलोनाको ७६ अंक रहेका कारण उसलाई बाँकी तीन खेलमा २ जित पर्याप्त बनेको हो। तर सो जित निकाल्न नसके बार्सिलोनाले उपाधि खोस्ने सम्भावनालाई पनि नकार्न सकिन्न।

Laxmi sunrise bank
kumari

गएराति नै सम्पन्न अन्य खेलमा एथ्लेटिक बिल्वाओले घरेलु मैदानमा सेभियालाई २–१ गेल अन्तरले हराएको छ। त्यस्तै अर्को खेलमा रियल सोसिडाडले आफ्नै मैदानमा गा्रनाडासँग ३–२ गोल अन्तरको पराजय भोगेको छ।

ला लिगामा आजका खेलः

ओसासुना र सेल्टा भिगो, राति पौने ९ बजे
भाल्डाडोलिड र बार्सिलोना, राति सवा ११ बजे
एट्लेटिको मड्रिड र रियल बेटिस, पौने २ बजे।

प्रकाशित: Jul 11, 2020| 07:37 शनिबार, असार २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।