बिहीबार, चैत ५, २०८२

राखेप सदस्य सचिवका लागि दरखास्त आह्वान

युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव पदपूर्तिका लागि दर्खास्त आह्वान गरेको छ।
 |  शुक्रबार, असार २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २६, २०७७

काठमाडौं – युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव पदपूर्तिका लागि दर्खास्त आह्वान गरेको छ।

National life

अघिल्लो साता राष्ट्रिय खेलकुद विकास ऐन लागू भएपछि राखेपको सदस्य सचिव लगायतका पदाधिकारी भएको छ।

मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘राखेपको सदस्य सचिव नियुक्तिका लागि ऐनको दफा १७ को उपदफा २ बमोजिम योग्यता पुगेका उम्मेदवारबाट सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र मन्त्रालयमा निवेदनसहित संक्षिप्त कार्ययोजना पेस गर्न यो सूचना प्रकाशन गरिएको छ।’

सदस्य सचिवको शैक्षिक योग्यता स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने खेलकुद क्षेत्रमा कम्तीमा ५ वर्ष काम गरेको हुनुपर्नेछ। यस्तै उमेर तीस वर्ष उमेर पूरा भएको हुनुपर्ने सूचनामा जनाइएको छ।

अहिले मन्त्रालयका खेलकुद महाशाखा प्रमुख भक्तबहादुर ढकालले कार्यवाहक सदस्य सचिवको जिम्मेवारी सम्हालिरहेका छन्।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Jul 10, 2020| 17:00 शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।