काठमाडौं- कोरोना महामारी सुरु भएको करिब दुई वर्ष पुग्न लाग्दा पनि अझै संक्रमण नियन्त्रणमा आउन सकेको छैन।
विश्वभरका विभिन्न मुलुकहरुमा कोरोनाविरुद्धको खोप लगाउँदै आर्थिक तथा अन्य क्षेत्रहरु खुला गरिएका छन्। तर, विज्ञहरुले भने कोरोनाको तेस्रो लहरको चेतावनी दिइरहेका छन्।
यहीबीच सिंगापुरमा पछिल्लो १६ महिनायताकै सबैभन्दा बढी कोरोना संक्रमित फेला परेको जनाएको छ।
सिंगापुरको स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार ९१० जना कोरोना संक्रमित फेला परेका हुन्। जसमा सबैभन्दा बढी सहरी क्षेत्रमा बसोबास गर्नेहरु रहेको जनाएका छन्।
सरकारले कोरोना महामारी नियन्त्रणका लागि जारी गरेको लकडाउन खुकुलो बनाएसँगै संक्रमितको संख्या बढेको जनाइएको छ।