शनिबार, वैशाख २६, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • कोभिड-१९ : फ्रान्सद्वारा खोप नलगाएका तीन हजार स्वास्थ्यकर्मी निलम्बन

कोभिड-१९ : फ्रान्सद्वारा खोप नलगाएका तीन हजार स्वास्थ्यकर्मी निलम्बन

फ्रान्समा कोरोनाविरुद्ध खोप नलगाएका करिब तीन हजार स्वास्थ्यकर्मीहरुलाई निलम्बन गरेको छ।
 |  बिहीबार, भदौ ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३१, २०७८

पेरिस-  फ्रान्समा कोरोनाविरुद्ध खोप नलगाएका करिब तीन हजार स्वास्थ्यकर्मीहरुलाई निलम्बन गरेको छ। फ्रान्समा बुधबारदेखि जारी गरिएको नयाँ नियमानुसार फ्रान्समा खोप अनिवार्य गरिएको छ। 

National life

देशभर रहेका २७ लाख स्वास्थ्यकर्मी, स्वयंसेवक र अग्‍नि नियन्त्रकहरुले अनिवार्य खोप लगाउनुपर्ने प्रावधान लागु गरेको छ। खोप नलगाएकाहरुलाई निलम्बन गरिने जनाइएको छ। 

फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभर भेरानले बिहीबार उक्त निलम्बन अस्थायी भएकोसमेत बताएका छन्। उनले भने, 'खोप अनिवार्य हो भन्‍ने कुराको सुनिश्‍चितताका लागि केही समयमा लागि निलम्बन गरिएको हो।' 

अनिवार्य खोपको प्रावधान सबै चिकित्सक, नर्स, कार्यालयमा काम गर्ने कर्मचारी र स्वयंसेवकहरुलाई लागु हुने जनाइएको छ। 

यसअघि राष्ट्रपति इम्यानुअल म्याक्रोनले १२ जुलाईमा सेप्टेम्बर १५ सम्म अनिवार्य खोप लगाइसक्न एक सूचना जारी गरेका थिए। उनले १५ सेप्टेम्बरसम्म खोप नलगाउनेहरुलाई राजीनामा दिनसमेत चेतावनी दिएका थिए। 

फ्रान्समा करिब ९० प्रतिशतलाई कम्तिमा कोरोनाविरुद्धको एक डोज खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

प्रकाशित: Sep 16, 2021| 23:10 बिहीबार, भदौ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।