सोमबार, असार २९, २०८३

एसिया कप क्रिकेट स्थगित

यसै वर्षकोे अक्टोबरमा हुने तय भएको एसिया कप क्रिकेट एक वर्षका लागि स्थगित गरिएको छ।
 |  शुक्रबार, असार २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २६, २०७७

यसै वर्षकोे सेप्टेम्बर-अक्टोबरमा हुने तय भएको एसिया कप क्रिकेट एक वर्षका लागि स्थगित गरिएको छ।

एशियन क्रिकेट काउन्सिल (एसीसी)ले बिहिबार विज्ञप्ति जारी गर्दै एशिया कप २०२० रद्द गर्दै अर्को वर्ष गरिने बताएको हो।

एशिया कप २०२० श्रीलंकामा आउँदो सेप्टेम्बर-अक्टोबरमा हुने तालिका थियो। सुरुमा पाकिस्तानमा गर्ने भनिएको भए पनि पछि सारिएको थियो। एसियाली क्रिकेटमा कोरोना महामारीका कारण स्थगित भएको यो एसीसीको सबैभन्दा ठूलो प्रतियोगितासमेत हो।

एसीसीले एशिया कप अर्को वर्ष (सन्२०२१) को जुन महिनामा गर्न प्रस्ताव पनि गरेको छ।

एशिया कप प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तानका साथै एउटा एशियाली क्वालिफायरबाट छनोट हुने टिम खेल्ने तय थियो।

तर एसियाली प्रतियोगिता स्थगित भएपछि अब आईसीसी विश्वकप टि२० पनि अन्योलमा परेको छ। आईसीसीको क्यालेण्डरमा अक्टोबर नोभेम्बरमा हुने भनिएको विश्वकप अघि एशिया कप खेलिने तय थियो।

यता एसिया कम अर्को वर्ष सरेपछि विश्वकपमा साझो असर पर्ने भएको हो।

प्रकाशित: Jul 10, 2020| 08:39 शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।