बुधबार, चैत ४, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • ट्रकको ठक्करपछि 'ठिक छु' भनेका थिए, आफ्नै मोटरसाइकलमा मृत भेटिए

ट्रकको ठक्करपछि 'ठिक छु' भनेका थिए, आफ्नै मोटरसाइकलमा मृत भेटिए

विराटनगर मुनालपथका ६७ वर्षीय सुदर्शन न्यौपाने सोमबार राति को ४ प २३१६ नम्बरको आफ्नै मोटरसाइकलमा मृत फेला परे। 
 |  बुधबार, साउन ६, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बुधबार, साउन ६, २०७८

विराटनगर– विराटनगर मुनालपथका ६७ वर्षीय सुदर्शन न्यौपाने सोमबार राति को ४ प २३१६ नम्बरको आफ्नै मोटरसाइकलमा मृत फेला परे। 

National life

विराटनगर–५ का दीपेन्द्र थापाले आफ्नो घर नजिकै मोटरसाइकलमा मानिस लत्रिएको देखेपछि प्रहरीले खबर गरेका थिए। विराटनगरमा आइतबार साँझ ६ बजेदेखि झण्डै साढे ७ बजेसम्म भारी वर्षा भएको थियो। सडकमा मानिसको चहलपहल पनि कमी थियो। वर्षा रोकिनासाथ घर बाहिर निस्किँदा मोटरसाइकलमा मानिसको लत्रिएको अवस्थामा देखेपछि स्थानीयवासी थापाले प्रहरीलाई खबर गरेको बताए।

प्रहरीसँगै स्थानीयवासी पनि भेला भए। सामाजिक सञ्जालमा फोटोहरु हालेपछि मृतकको पहिचान खुल्यो। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका  डिएसपी दीपक श्रेष्ठले मृत्युको कारण खुल्न नसकेको बताए। घटनास्थल आसपास सिसि क्यामेरा पनि नभएका कारण अनुसन्धानमा समस्या भएको उनको भनाइ छ। कोशी अस्पतालमा पोष्टमार्टमपछि परिवारले मृतकको अन्तिम संस्कार गरेका छन्। 

घटनाका प्रत्यक्षदर्शी विराटनगरका अजय तिम्सिनाले ट्रकले ठक्कर दिएको आफूले देखेको बताए। साँझ सवा ७ बजेतिर उत्तरतर्फ जाँदै गरेको ट्रकले मोटरसाइकलमा सवार न्यौपानेलाई ठक्कर दिएको उनले बताए। उनका अनुसार न्यौपाने ट्रकभन्दा अगाडि मोटरसाइकलमा सवार थिए। तिम्सिनाले भने, ‘ट्रकले ठक्कर दिएपछि उहाँ लड्नुभयो, हामीले उठाएर डिभाइडर छेउमा राख्यौं, घर पुग्दा मोटरसाइकलमा मृत भेटिएको समाचार सुनें।’ 

उनले थपे, ‘हामी तीन जनाले उठाएर कस्तो छ भनेर सोध्यौं, उहाँले ठिक छ भन्नुभयो। त्यसपछि हामी घर गएका हौं।’ ठक्कर दिने ट्रकका चालक पनि ओर्लिएर हेरेको उनले बताए। उनका अनुसार न्यौपानेको बाहिर शरीरमा चोटपटक देखिएको थिएन। 

Laxmi sunrise bank
kumari

मृतक न्यौपानेका भतिजा सन्तोष न्यौपानेले काकाको सवारी दुर्घटनाबाट मृत्यु भएको देखिएको बताए।

प्रकाशित: Jul 21, 2021| 12:38 बुधबार, साउन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।