शनिबार, वैशाख २६, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • अफगानिस्तानमा अमेरिकी सेनाले गरेको अपराधको छानबिन गर्न चीनको माग

अफगानिस्तानमा अमेरिकी सेनाले गरेको अपराधको छानबिन गर्न चीनको माग

चीनले अफगानिस्तानमा करिब २० वर्षसम्म रहेको अमेरिकी र उसको सहयोगी सेनाले गरेको अपराधको छानबिन गर्नुपर्ने माग गरेको छ।
 |  बिहीबार, भदौ ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३१, २०७८

बेइजिङ- चीनले अफगानिस्तानमा करिब २० वर्षसम्म रहेको अमेरिकी र उसको सहयोगी सेनाले गरेको अपराधको छानबिन गर्नुपर्ने माग  गरेको छ। 

National life

चीनले संयुक्त राष्ट्रसंघमा अफगानिस्तानमा अमेरिका र उसको सहयोगी सेनाले गरेको अपराधको निष्पक्ष छानबिनका लागि माग गरेको हो। 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियान झाओले संयुक्त राष्ट्रसंघका लागि चिनियाँ मिसनका मन्त्री ज्याङ दुआको जारी गरेको वक्तव्यलाई ट्विट गरेका छन्। 

उक्त ट्विटमा लेखिएको छ, 'अफगानिस्तानमा अमेरिकी सेना र उसको सहयोगी सेनाले गरेको अपराधका विषयमा पूर्णरुपमा निष्पक्ष छानबिन हुनुपर्छ।'

उनले संयुक्त राष्ट्र संघको मानवअधिकार परिषद्‌मा उक्त कुरा उठाएकोसमेत जानकारी दिएका छन्। ट्विटमा विदेश मन्त्रालयका प्रवक्ता लिजियानले लेखेका छन्, 'विश्‍वले अमेरिकी सेनालाई यतिकै छोड्ने छैन। उसले गरेको अपराधको सजाय पाउनैपर्छ। अफगानिस्तानका नागरिकले यसको स्पष्ट जवाफ माग्‍ने अधिकार छ।' 


प्रकाशित: Sep 16, 2021| 22:35 बिहीबार, भदौ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।