बिहीबार, चैत ५, २०८२

जापानको रंगशालामा डान्सिङ रोबोट

कोरोना भाइरस (कोभिड-१९) संक्रमण जोखिमका कारण रंगशालमा खेल समर्थकको प्रवेशमा बन्देज लगाइएपछि जापानको एक क्लबले नाच्ने रोबोट बनाएर रंगशालामा राखेको छ।
 |  बिहीबार, असार २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार २५, २०७७

कोरोना भाइरस (कोभिड-१९) संक्रमण जोखिमका कारण रंगशालमा खेल समर्थकको प्रवेशमा बन्देज लगाइएपछि जापानको एक क्लबले नाच्ने रोबोट बनाएर रंगशालामा राखेको छ। जापानिज बेसबल टिम फुकुओका सफ्टबैंक ह्वकले समर्थकलाई ‘डान्सिङ रोबोट’ले विस्थापित गरेको हो।

National life

निप्पोन प्रोफेसनल बेसबल (एनपीबी)मा हिजो (बुधबार) फुकुओका र रकुटेन इगलको खेल थियो। त्यसको अघिल्लो दिन (मंगलबार) नै क्लबले २० भन्दा धेरै डान्सिङ रोबोटहरु खाली रंगशालाको प्यारापिटमा राखेको थियो। त्यहाँ रोबोटहरुले नाच पनि देखाए।

रंगशालामा सफ्ट बैंकको ह्युमनोइड रोबोट (दुई खुट्टाले हिँड्ने) र पिपरको कुकुरको जस्तो आकृति भएको (चार खुट्टा भएको) रोबोटले नाच देखाएका थिए। ४० हजार दर्शक क्षमताको सो रंगशालामा ह्वकका समर्थकले गर्ने डान्सको कपी रोबोटमा गरिएको सफ्ट बैंकले बताएको छ।

केही रोबोटहरुले ह्वकको क्याप लगाएर नृत्य गरे। यसबारे ह्वकका समर्थकले सामाजिक सञ्जालमा मिश्रित अभिव्यक्ति दिएका छन्। “मलाई लाग्छ- यो डिस्टोपियाको लक्षण हो,” एक ट्वीटर प्रयोगकर्ताले लेखेका छन्। अर्का एक जनाले यसलाई ‘धेरै राम्रो’ बताएका छन्।

कोरोना महामारीका कारण रोकिएको बास्केटबल जापानमा तीन महिनापछि अर्थात् जुन १९ बाट मैदान फर्किएको हो। तर, आउँदो शुक्रबारबाट जापानले पाँच हजारसम्म समर्थकलाई मैदानमा खेल हेर्न अनुमति दिइने बताइएको छ।

Laxmi sunrise bank
kumari

एजेन्सी

प्रकाशित: Jul 09, 2020| 15:44 बिहीबार, असार २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।