बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भारतीय प्रधानमन्त्री मोदीको जन्मदिन आज, के छ बीजेपीको तयारी ?

भारतीय प्रधानमन्त्री मोदीको जन्मदिन आज, के छ बीजेपीको तयारी ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन शुक्रबार भव्यरुपमा मनाउने सत्तारुढ भारतीय जनता पार्टीले जनाएको छ।
 |  शुक्रबार, असोज १, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १, २०७८

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन शुक्रबार भव्यरुपमा मनाउने सत्तारुढ भारतीय जनता पार्टीले जनाएको छ। यसका लागि बीजेपीले २० दिनका लागि एक राष्ट्रव्यापी अभियानको योजना बनाएको छ। उक्त अभियानको नाम 'सेवा र समर्पण' दिइएको छ। 

National life

प्रधानमन्त्री मोदीको ७१ औं जन्मदिन १७ सेप्टेम्बरमा हुँदैछ। बीजेपीले सञ्‍चालन गर्ने सेवा र समर्पण अभियान ७ अक्टोबरसम्म जारी रहने जनाइएको छ। २० वर्षअघि ७ अक्टोबरका दिन मोदी गुजरातको मुख्यमन्त्री बनेका थिए। यही अवसर पारेर बीजेपीले उक्त अभियान सञ्‍चालन गर्न लागेको हो।

यस अभियानका लागि बीजेपीले कैलाश विजयवर्गीयको नेतृत्वमा चार सदस्यीय समिति बनाएको छ। यस अभियान अन्तर्गत बीजेपीले जिल्ला तहमा रक्तदान शिविर सञ्‍चालन गर्नुका साथै मोदीको जीवनमा आधारित विभिन्‍न नाटक तथा प्रहसन प्रदर्शन गरिने भएका छन्। 

बीजेपीका राष्ट्रिय महासचिव अरुण सिंहले भनेका छन्, 'यस वर्ष दुई महत्वपूर्ण तारिख परेका छन्। यसकारण पार्टी अध्यक्ष जेपि नड्डाले २० दिनका लागि सेवा र समर्पण अभियान सञ्‍चालन गर्ने घोषणा गर्नुभएको छ।'

प्रकाशित: Sep 17, 2021| 04:10 शुक्रबार, असोज १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।