शुक्रबार, साउन ८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • चीनले भन्‍यो- अमेरिका, बेलायत र अस्ट्रेलियाबीच गरिएको सुरक्षा सम्झौता 'गैरजिम्मेवार'

चीनले भन्‍यो- अमेरिका, बेलायत र अस्ट्रेलियाबीच गरिएको सुरक्षा सम्झौता 'गैरजिम्मेवार'

हिन्द-प्रशान्त क्षेत्रमा चीनको प्रभाव ‘रोक्न’ अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको विशेष सुरक्षा सम्झौतालाई चीनले अति नै गैरजिम्मेवार भएको आरोप लगाएको छ।
 |  बिहीबार, भदौ ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३१, २०७८

बेइजिङ-  हिन्द-प्रशान्त क्षेत्रमा चीनको प्रभाव ‘रोक्न’ अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको विशेष सुरक्षा सम्झौतालाई चीनले अति नै गैरजिम्मेवार भएको आरोप लगाएको छ। चीनले साँघुरो सोंचका कारण उक्त सम्झौता भएको टिप्पणी गरेको छ। 

बेलायत, अमेरिका र अस्ट्रेलियाले बुधबार एक विशेष सुरक्षा सम्झौता गरेका हुन्। चीनसँग प्रतिद्वन्द्विता बढिरहेका बेला अमेरिकाले अस्ट्रेलिया र बेलायतसँग नयाँ गठबन्धन बनाएको हो।

बुधबार भर्चुअल बैठकमार्फत अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले उक्त सम्झौताको घोषणा गरेका हुन्। तीन ठूला शक्ति राष्ट्रबीचको सम्झौताले चीनलाई थप चिढ्याउने बताइएको थियो।

‘ओकस’ नाम दिइएको उक्त सम्झौतामा आर्टिफिसियल इन्टेलिजेन्स्, क्‍वान्टम टेक्नोलोजी र साइबर सुरक्षाका विषयलाई समेट्ने बताइएको छ।

यो सम्झौता विशेषगरी उच्च रक्षा प्रविधिको साझेदारीसँग सम्बन्धित छ। हिन्द–प्रशान्त महासागर क्षेत्रमा चीनको बढ्दो प्रभाव र सैन्य उपस्थितिलाई लिएर तीन देश चिन्तित भएको समयमा उक्त सम्झौता भएको हो। 

उक्त सम्झौताप्रति निन्दा गर्दै चिनियाँ विदेश मन्त्रलायका प्रवक्ता झाओ लिजियानले भने, 'गठबन्धनले यस क्षेत्रको शान्तिमा ठूलो खतरा उत्पन्‍न गर्ने जोखिम उठाएका छन्। यसले सैन्य प्रतिस्पर्धालाई पनि बढावा दिएको छ।' 

उनले यसलाई मानसिकरुपमा शित युद्धको सुरुवात भएको टिप्पणी गर्दै तीन मुलुकहरुले आफ्नो हितलाई धक्का दिने पनि चेतावनी दिएका छन्। 

चिनियाँ सञ्‍चारमाध्यमहरुले उक्त सम्झौताको निन्दा गर्दै सम्पादकीयसमेत लेखेका छन्। 

यहीबीच अस्ट्रेलियाले फ्रान्सेली डिजाइनमा पनडुब्बी खरिद गर्ने सम्झौता पनि रद्द गरेको छ। अस्ट्रेलियाले जलसेनाका लागि सन् २०१६ मा १२ वटा पनडुब्बी निर्माणका लागि फ्रान्ससँग सम्झौता गरेको थियो। उक्त सम्झौता करिब ५० अर्ब अस्ट्रेलियन डलर बराबरको थियो। फ्रान्सको विदेश मन्त्रालयले भने सम्झौता खारेज गर्ने अस्ट्रेलियाको निर्णय ‘दूर्भाग्यपूर्ण’ भएको प्रतिक्रिया दिएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सम्झौतापछि अस्ट्रेलियाले आधुनिक क्षमतासहितको परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी बनाउने पनि बताएका छन् । बाइडेनले हिन्द प्रशान्त क्षेत्रमा स्थिरतालाई बढावा दिन र साझा चासोलाई अगाडि बढाउन तीन देशबीच सम्झौता भएको पनि बताएका छन् । अस्ट्रेलियाका प्रधानमन्त्री मोरिसनले लामो दूरीको अमेरिकी तोमाहक क्रुज मिसाइल पनि प्राप्त गर्ने बताएका छन् ।



प्रकाशित: Sep 16, 2021| 20:59 बिहीबार, भदौ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।