बिहीबार, चैत ५, २०८२

सलाहाको गोलसँगै लिभरपुलको सहज जित

एजेन्सी– शीर्षस्थानको लिभरपुलले ईंग्लिस प्रिमियर लिग (ईपीइल)को गएराति सम्पन्न खेलमा सहज जित निकालेको छ।
 |  बिहीबार, असार २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार २५, २०७७

एजेन्सी– शीर्षस्थानको लिभरपुलले ईंग्लिस प्रिमियर लिग (ईपीइल)को गएराति सम्पन्न खेलमा सहज जित निकालेको छ।

National life

ब्राइटोनको फाल्मर रंगशालामा सम्पन्न खेलमा उसले घरेलु टिमविरुद्ध ३–१ गोलअन्तरले जित हात पारेको हो।

जितका लागि मोहम्मद सलाहाले २ गोल गरे भने जोर्डन हेन्डरसनले एक गोल गरे। ब्राइटोनका लियान्द्रो टोसार्डले सान्त्वना गोल फर्काए।

खेलको सातौं मिनेटमै गोल गरेर सलाहले लिभरपुललाई सुरुवाती अग्रता दिलाए। सलाहाको गोलको एक मिनेट लगत्तै उनकै पासमा हेन्डरसनले गोल गरेपछि लिभरपुलले २ गोलको अग्रता बनायो। तर पहिलो हाफको अन्तिम मिनेटमा टोसार्डले गोल गरेपछि आधा खेल २–१ नतिजामा सकिएको थियो।

दोस्रो हाफमा पनि सलाहले गोल गरे। उनले रोवर्टसनको पासमा गोल गरेपछि लिभरपुलले ३–१ गोलको जित निकाल्यो। जितसहित अंकतालिकामा लिभरपुलले ९२ अंक बनाएको छ।

Laxmi sunrise bank
kumari

ऊ सय अंकको मायलस्टोनभन्दा केही अंक मात्र टाढा छ। प्रिमियर लिग इतिहासमा मेन्चेस्टर सिटीले सय अंकका साथै सबैभन्दा धेरै अंक बनाएर २०१७–१८मा लिग जितेको थियो।

ईपीएलमा आजका खेलः
एभर्टोन र साउथह्याम्टन, राति पौने १ बजे
बर्नेमाउथ र टोटेनहम, राति पौने ११ बजे
एस्तोन भिल्ला र म्यानचेस्टर युनाइटेड, राति १ बजे

प्रकाशित: Jul 09, 2020| 09:22 बिहीबार, असार २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।