सोमबार, असार २९, २०८३

ईपीएलमा म्यानचेस्टर सिटीको सानदार जित

एजेन्सी– दोस्रो स्थानको म्यानचेस्टर सिटीले ईंग्लिस प्रिमियर लिग (ईपीइल)को गएराति सम्पन्न खेलमा सानदार जित निकालेको छ।
 |  बिहीबार, असार २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार २५, २०७७

एजेन्सी– दोस्रो स्थानको म्यानचेस्टर सिटीले ईंग्लिस प्रिमियर लिग (ईपीइल)को गएराति सम्पन्न खेलमा सानदार जित निकालेको छ।

घरेलु मैदान इतिहाद रंगशालामा सम्पन्न खेलमा उसले पहुना टोली न्युकासलविरुद्ध ५–० गोलअन्तरले जित हात पारेको हो।

जितका लागि ग्याब्रियल जेसस, रियद महरेज, डेविड सिल्वा र रहिम स्टार्लिङले १–१ गोल गरे। बाँकी एक गोल भने न्युकासलका फेड्रिको फर्नान्डेजले आत्मघाती गरेका थिए।

खेलको १० औं मिनेटमा सिल्वाको पासमा जेससले गोल गर्दै घरेलु टिमलाई सुरुवाती अग्रता दिलाए। त्यस्तै २१ औं मिनेटमा डि ब्रुनको पासलाई गोलमा परिणत गर्दै महरेजेले अग्रतालाई दोव्बर बनाए।

पहिलो हाफमै २ गोलले अघि रहेको सिटीले दोस्रो हाफमा पनि तीन गोल बढायो। ५८ औं मिनेटमा न्युकासलका फर्नान्डेजले आत्मघाती गोल गर्दै सिटीलाई गोल उपहार दिए। यता डेविड सिल्वाले ६५ औं मिनेटमा गोल गरे भने स्टार्लिङले अतिरिक्त समयमा गोल गर्दै ५–० गोल अन्तरको सानदार जित निकाले।

जितसहित ६९ अंक बनाएको सिटी अंकतालिकाको दोस्रो स्थानमा छ। त्यस्तै ६० अंकका साथ चेल्सीले सिटीलाई पछ्याइरहेको छ। यता लिभरपुल ७ खेल अगावै लिगविजेता बनिसकेको छ।

गएराति नै सम्पन्न अन्य खेलहरुमा वेस्टहामविरुद्ध बर्ननीले १–० गोलको जित निकालेको छ। त्यस्तै सेफल्ड युनाइटेडले आफ्नै मैदानमा वुल्भ्सविरुद्ध १ – ० गोलकै संघर्षपूर्ण जित निकालेको छ।

प्रकाशित: Jul 09, 2020| 08:31 बिहीबार, असार २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।