सोमबार, असार २९, २०८३

संघहरुलाई आफ्नै एन्टी-डोपिङ बनाउन निर्देशन

नेपाल ओलम्पिक कमिटी (एनओसी)ले आफू मातहतका खेलकुद संघलाई आफ्नै ‘एन्टी-डोपिङ ’ नियम बनाउन अनुरोध गरेको छ।
 |  बुधबार, असार २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार २४, २०७७

काठमाडौं– नेपाल ओलम्पिक कमिटी (एनओसी)ले आफू मातहतका खेलकुद संघलाई आफ्नै ‘एन्टी-डोपिङ’ नियम बनाउन अनुरोध गरेको छ।

बुधबार ‘भिडियो कन्फरेन्स’को माध्यमबाट पदाधिकारीसँग छलफल गर्दै एन्टी-डोपिङ को नियम बनाउन संघहरुलाई निर्देशन दिएको हो। एनओसीले संघहरुलाई एक हप्ताको समय राखेर एन्टी-डोपिङ नियम बनाएर नेपाल एन्टी-डोपिङमा बुझाउन निर्देशन दिएको छ।

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले एन्टी-डोपिङको नियमलाई सकारात्मक र गम्भीरताका साथ लिनुपर्ने बताए। खेलाडीले निषेधित पदार्थ खाइरहेको भए पनि सतर्क हुनुपर्ने बताए।

२०२१ देखि, नयाँ एन्टी-डोपिङ नियमबिना राष्ट्रिय खेल संघले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन नपाउने पनि एनओसीले जनाएको छ।

एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले नयाँ एन्टी-डोपिङ नियम बनाउन कुनै सहयोग आवश्यक भएमा नेपाल ओलम्पिक कमिटी, मेडिकल कमिसन र एनओसी कर्मचारीहरूले सहयोग गर्न समेत बताए।

प्रकाशित: Jul 08, 2020| 20:06 बुधबार, असार २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।