बिहीबार, चैत ५, २०८२

विद्यालयसँगको सहकार्यमा एन्फाले युथ लिग गर्ने

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज (बुधबार) काठमाडौंका १३ विद्यालयसँग युवा लिग सञ्चालनको लागि अन्तरक्रिया सम्पन्न गरेको छ।
 |  बुधबार, असार २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार २४, २०७७

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज (बुधबार) काठमाडौंका १३ विद्यालयसँग युवा लिग सञ्चालनको लागि अन्तरक्रिया सम्पन्न गरेको छ। एन्फाले युवा लिग सञ्चालनलाई ध्यानमा राख्दै लिग सञ्चालन गर्नेबारे अन्तरक्रिया गरेको हो।

National life

कार्यक्रममा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष एवं युवा विकास समितिका संयोजक उपेन्द्रमान सिंह र एलिट युथका प्रमुख नवीन महार्जनले प्रतियोगिताको योजना र प्रस्तावबारे प्रकाश पारेका थिए। प्रस्तावमा विद्यालय र ‘ए’ डिभिजन क्लबको सहकार्यमा युवा लिग आयोजना गर्ने भनिएको छ।

एन्फा र विद्यालयहरुले ‘प्रतियोगिताको मोडल र प्रणाली कस्तो हुने ?’ भन्ने विषयमा विस्तृत छलफल गरेका छन्। र, निष्कर्षस्वरुप एन्फाले अब चाडै यू–१४ र यू–१८ उमेर समूहका खेल गराउने भएको हो।

अन्तरक्रियामा लिटल एन्जल स्कुल, बूढानिलकण्ढ स्कुल, जेम्स, ज्ञानोदय बाल बाटिका, नेपाल पुलिस स्कुल, सैनिक आवसीय महाविद्यालय, नेपाल एपीएफ स्कुल, ल्याब्रोटरी स्कुल, मोर्डन इन्डियन स्कुल, सेन्ट जेभियर स्कुल, एसओएस, मल्पी स्कुल र शुभयात्रा स्कुल सहभागी थिए।

प्रकाशित: Jul 08, 2020| 19:06 बुधबार, असार २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।