सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • इंग्ल्यान्ड र वेस्ट इन्डिजको पहिलो टेस्ट नै मौसमले प्रभावित बनेपछि...

इंग्ल्यान्ड र वेस्ट इन्डिजको पहिलो टेस्ट नै मौसमले प्रभावित बनेपछि...

मौसम प्रतिकूल बनेपछि सो खेल अवरुद्ध भएको छ। इंग्ल्यान्डको साउथ ह्याम्टनमा अहिले हल्का वर्षा भइरहेको छ। नेपाली समयअनुसार साढे ३ मा खेल सुरु हुने भनिएको भए पनि त्यसको एक घण्टा पछिसम्म पनि खेल सुरु हुन सकेन।
 |  बुधबार, असार २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार २४, २०७७

कोरोना भाइरस (कोभिड १९)को महामारीले ठप्प भएको क्रिकेट प्रतियोगिता आज (बुधबार)बाट औपचारिक रुपमा मैदान फर्कँदै थियो। इंग्ल्यान्डमा दिउँसो साढे ३ बजेबाट आयोजक टोलीले अफ्रिकन टिम वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्ने तय थियो।

तर, मौसम प्रतिकूल बनेपछि सो खेल अवरुद्ध भएको छ। इंग्ल्यान्डको साउथ ह्याम्टनमा अहिले हल्का वर्षा भइरहेको छ। नेपाली समयअनुसार साढे ३ मा खेल सुरु हुने भनिएको भए पनि त्यसको एक घण्टा पछिसम्म पनि खेल सुरु हुन सकेन।

खेल सुरु हुनुभन्दा केही घण्टाअघि मैदान पुगेका मुस्तफा मौदीले कोरोना महामारीपछि क्रिकेटको कमेन्ट्री गर्न पाउँदा धेरै खुसी रहेको बताएका थिए। उनले भनेका थिए, “एक सय १५ दिनपछि सुरु भएको क्रिकेटमा आफू पनि सहभागी बन्न पाउँदा खुसी छु।”

यता इएसपीएन क्रिकइन्फोका वरिष्ठ संवाददाता जर्ज डोबेलले आज खेल सुरु भएर ५० ओभरसम्म खेल्न सकिने दाबी गरिरहेका छन्। त्यसको केही समयपछि दुवै टिमका कप्तान, प्रशिक्षण र अम्पायरले मैदानमा खेलबारे कुरा गरेका छन्।

०००

आजको खेल प्रतिस्पर्धाका हिसाबले धेरै महत्त्वपूर्ण छ। किनभने अबका खेल कसरी अगि बढ्छन् भनेर पनि आजको खेलले मार्गनिर्देशन गर्नेछ। कोरोना संक्रमणको जोखिमका कारण क्रिकेट मैदानमा धेरै परिवर्तन देख्न सकिने छ।

अरुबेला जस्तो खेलाडीले अम्पायरलाई जर्सी, चस्मा, क्याप लगायतका सामान बोक्न दिने छैनन्। अम्पायरले ग्लोब्स लगाएर बस्नेछन्। मैदानमा सकेसम्म कम थुक्नुपर्ने छ। एकै बोतलको पानी धेरै जनाले प्रयोग गरिने छैन। बल समाइसकेपछि अनिवार्य सेनिटाइजरले हात सफा गर्नुपर्ने छ।

बल चम्काउन थुकको प्रयोगमा त पूर्ण बन्देज छ। सबैभन्दा महत्त्वपूर्ण कुरा त खेल खाली रंगशालामा हुने छ।

साथै मैदानबाहिर पनि प्रशिक्षक र खेलाडीलाई सामाजिक दूरी बनाउन भनिएको छ। अझै भनौँ, सेलिब्रेसन पनि सामाजिक दुरी कायम गरेर मनाएको नयाँ अनुभव हुने छ। अनावश्यक बल हातमा नलिने र बल छोएपछि नाक, कान, मुखतिर हात नलैजान खेलाडीलाई चिकित्सकको सुझाव छ।

एक सय १५ दिनपछि मैदान फर्किएको खेलमा इंग्ल्यान्डका नियमित टेस्ट कप्तान जोय रुट भने उपस्थित छैनन्। उनी पत्नीको स्वास्थ्य अवस्थाका कारण घरमै छन्। साउथ ह्यम्टनमा प्रतिकूल मौसमका कारण सुरु हुन नसकेको खेलमा बेन स्टोक्सले इंग्ल्यान्डको कप्तानी सम्हाल्ने छन्।

त्यस्तै, वेस्ट इन्डिजको कप्तानीको भूमिकामा जेसन होल्डर छन्। इंग्ल्यान्डमा जारी तीन शृंखलाको पहिलो टेस्ट क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदै छ। आजबाट सुरु भएको पहिलो खेल आउँदो ५ दिनसम्म (८-१२ जुलाई) चल्ने छ।

त्यस्तै, दोस्रो खेल जुलाई १२–१६ मा हुने छ भने अन्तिम वा तेस्रो खेल यही महिनाको २०-२४ मा हुनेछ। दोस्रो र तेस्रो खेलमा भने जोय रुट खेलमा फर्कने छन्।

एजेन्सी

प्रकाशित: Jul 08, 2020| 17:12 बुधबार, असार २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।