मंगलबार, भदौ ९, २०८३

भियतनाममा खुल्यो ‘सुनै सुनको होटेल’

भियतनामको हनोईमा विश्वकै पहिलो ‘ग्लोड प्लेटेड’ होटेल खुलेको छ। २ खर्ब ४० अर्ब रुपैयाँ (२० करोड अमेरिकी डलर) लागतमा निर्माण भएको उक्त होटेलमा कोठा, चोटाका भित्तादेखि काँटा–चम्चा र ट्वालेटको सीटसम्म हरेक चीजमा सुनको पत्र लगाइएको छ।
 |  बुधबार, असार २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार २४, २०७७

एजेन्सी- भियतनामको हनोईमा विश्वकै पहिलो ‘ग्लोड प्लेटेड’ होटेल खुलेको छ। २ खर्ब ४० अर्ब रुपैयाँ (२० करोड अमेरिकी डलर) लागतमा निर्माण भएको उक्त होटेलमा कोठा, चोटाका भित्तादेखि काँटा–चम्चा र ट्वालेटको सीटसम्म हरेक चीजमा सुनको पत्र लगाइएको छ।

‘डल्चे हनोई गोल्डन लेक’ होटलमा तपाईंं सुनको कफीमा चिया खान पाउनुहुन्छ, सुनकै बाथ टबमा नुहाउन र सुनकै कमोडमा शौच गर्न सक्नुहुन्छ। यसका लागि प्रति रात तीस हजार रुपैयाँ (२५० डलर) खर्च गरे पुग्छ।

होटेल सञ्चालक हो बिन समूहका अध्यक्ष गुयेन हु डुओन्ग आफ्नो होटेलमा सर्वसाधारणदेखि धनी पाहुनाहरु आउन भन्ने चाहन्छन्।
२५ तले यो होटेलमा भित्तादेखि छतसम्म सुन पत्र लगाइएको छ। हु डुओन्गका अनुसार होटेलमा पस्किने खानामा पनि सुनौलो पदार्थ मिसाइएको हुनसक्छ।

भियतनाममा कोरोना संकटका कारण गरिएको बन्दाबन्दी खुकुलो भएसँगै होटेल सञ्चालनमा आएको हो।

होटेलमा एउटा इन्फिनिटी पूल छ, त्यो पनि गोल्ड–प्लेटेड। पूलबाट पूरा शहरको दृष्य देखिन्छ।

होटेल मालिकले निर्माणमा अपेक्षाभन्दा कम खर्च लागेको बताएका छन्। किनभने सुनको पत्र लगाउने उनको आफ्नै कारखाना छ।

जारी कोराना महामारीबाट होटेल सञ्चालक निराश छैनन्। महामारीविरुद्धको रणनीतिमा भियतनामको निकै सराहना भइरहेको छ। डल्चे हनोई गोल्डन लेकका सञ्चालकलाई आगामी वर्ष अत्यधिक मुनाफा हुने विश्वास छ।

प्रकाशित: Jul 08, 2020| 16:15 बुधबार, असार २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।