बिहीबार, चैत ५, २०८२

सेल्टासँग बराबरीमा रोकियो एट्लेटिको मड्रिड

एजेन्सी– स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा एट्लेटिको मड्रिडले सेल्टा भिगोसँग अँक बाँडेको छ।
 |  बुधबार, असार २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार २४, २०७७

एजेन्सी– स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा एट्लेटिको मड्रिडले सेल्टा भिगोसँग अँक बाँडेको छ।

National life

सेल्टाको म्युनिसिपल डि बालाडोसमा सम्पन्न खेलमा १–१ गोलको बराबरी खेल्दै दुबै क्लबले अंक बाँडेका हुन्।

खेलको पहिलो मिनेटमै गोल गरेर पाहुना टोली एट्लेटिकोले खेलमा दबाबपूर्ण सुरुवात गरेको थियो। अल्वारो मोराटाले सुरुवाती गोल गर्दा एट्लेटिकोले अग्रता बनायो।

पहिलो हाफमा एट्लेटिको एक गोलका साथ अगाडि रह्यो। दोस्रो हाफमा सेल्टाका फ्रन बेल्ट्रनले गोल गरे। ४९ मिनेटमा बेल्ट्रनको गोलसँगै खेल बराबरीमा आयो। त्यसपछि अन्य गोल बन्न नसकेपछि दुबै क्लबले अंक बाँडेका हुन्।

बराबरीका साथ एट्लेटिको अंकतालिकाको तेस्रो स्थानमा छ। उसले ३५ खेलबाट ६३ अंक बनाएको छ। यता सेल्टा ३६अंकका साथ १५ औं स्थानमा छ।

Laxmi sunrise bank
kumari

गएराति नै सम्पन्न अर्को खेलमा भ्यालेन्सियाले घरेलु मैदानमा भालाडोलिडलाई २–१ गोल अन्तरले हराएको छ। जितसहित भ्यालेन्सिया आठौं स्थानमा छ भने भालाडोलिड १३ औं स्थानमा छ।

ला लिगामा आजका खेलः

गेटाफे र भिल्लारियल, राति सवा १२ बजे
रियल बेटिस र ओसासुना, राति सवा १२ बजे
बार्सिलोना र एस्पानोयल, राति पौने २ बजे

प्रकाशित: Jul 08, 2020| 07:57 बुधबार, असार २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।