बिहीबार, चैत ५, २०८२

जितका साथ चेल्सी ईपीएलको शीर्ष तीनमा

एजेन्सी– इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा घरेलु टिम क्रिस्टल प्यालेस पाहुना टिम चेल्सीसँग पराजित बनेको छ।
 |  बुधबार, असार २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार २४, २०७७

एजेन्सी– इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा घरेलु टिम क्रिस्टल प्यालेस पाहुना टिम चेल्सीसँग पराजित बनेको छ।

National life

सेलहुस्र्ट रंगशाालामा सम्पन्न खेलमा चेल्सीले ३–२ गोलअन्तरको जित निकालेको हो। जितका लागि ओलिभर गिराउड, क्रिस्टियन पुलिसिक र टमी अब्राहमले गोल गरे।

खेलको छैटौं मिनेटमा गिराउडले गोल गर्दै चेल्सीलाई सुरुवती अग्रता दिलाए। त्यस्तै २७ औं मिनेटमा पुलिसिकले गोल गरेपछि पाहुना टोली २ गोलले अघि थियो।

३४ औं मिनेटमा क्रिस्टलका विल्फ्रेड जहाले गोल गरेपछि भने खेल २–१ गोलमा पुगेको थियो। सोही नतिजाका साथ पहिलो हाफ अन्त्य भयो।

दोस्रो हाफमा पनि दुवै क्लबले एक–एक गोल गरे। खेलको ७१ औं मिनेटमा अब्राहमले गोल गरेपछि फेरि २ गोलको अग्रता बनाएको चेल्सीविरुद्ध क्रिस्टियन बेन्टेकले ७२ औं मिनेटमै गोल गरे।

Laxmi sunrise bank
kumari

बेन्टेकको गोलसँगै ३–२ गोलअन्तरमा सकिएको खेलमा चेल्सी विजयी बनेको हो। जितसहित चेल्सी तेस्रो स्थानमा उक्लिएको छ। समान ३४ खेल खेलेको लेस्टर सिटीको ५९ अंक भएपछि अंकतालिकामा ६० अंक बनाएको चेल्सी तेस्रो स्थानमा उक्लिएको हो।

शीर्ष चारमा रहनका लागि चेल्सी, लेस्टर र म्यानचेस्टर युनाइटेडको कडा प्रतिस्पर्धा चलिरहेको छ।

यता खेलमा हार बेहोरेको क्रिस्टल प्यालेस ४२ अंकका साथ १४ औं स्थानमा छ।

गएराति नै सम्पन्न अर्को खेलमा आर्सनलले लेस्टर सिटीसँग बराबरी खेलेको छ। आर्सनलको इमिरेट्स मैदानमा सम्पन्न खेलमा १ – १ गोलको बराबरीमा खेल रोकिएको हो। बरबरीसँगै दुवै क्लबले अंक बाँडेका छन्।

ईपीएलमा आजका खेलः

वेस्ट हाम र बर्नली, राति पौने ११ बजे
म्यानचेस्टर सिटी र न्युकासल, राति पौने ११ बजे
सेफिल्ड युनाइटेड र वुल्भ्स, राति पौने ११ बजे
ब्राइटोन र लिभरपुल, राति १ बजे

प्रकाशित: Jul 08, 2020| 07:32 बुधबार, असार २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।