बिहीबार, चैत ५, २०८२

सुरुवाती अग्रता गुमाउँदा शीर्षस्थानको युभेन्टस पराजित

एजेन्सी– इटालियन सिरी ए अन्तर्गत गएराति सम्पन्न खेलमा शीर्षस्थानको युभेन्टस एसी मिलानसँग ४–२ गोल अन्तरले पराजित भएको छ।
 |  बुधबार, असार २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार २४, २०७७

एजेन्सी– इटालियन सिरी ए अन्तर्गत गएराति सम्पन्न खेलमा शीर्षस्थानको युभेन्टस एसी मिलानसँग ४–२ गोल अन्तरले पराजित भएको छ। मिलानको गिउसिप्पे मेइजा रंगशालामा सम्पन्न खेलमा पाहुना टोलीले पराजय भोगेको हो।

National life

खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएपछि सबै गोल दोस्रो हाफमा सम्भव भयो। ४७ औं मिनेटमा एड्रियन राविओटले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए। त्यसको ६ मिनेट नबित्दै क्रिस्टियानो रोनाल्डोले गोल गरेर अग्रतालाई दोब्बर बनाए।

तर मिलान ६२ औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै खेलमा फर्कियो। जलाटान इब्रहिमोबिचले पेनाल्टमा गोल गरेको ४ मिनेटमै फ्रांक केसेइले गोल गरेर खेललाई बराबरीमा ल्याए।

त्यसपछि पनि घरेलु टिमले दुई गोल थप्यो। राफेल लिआओले ६७ औं मिनेटमा र एन्टे रेविकले ८० औं मिनेटमा गोल गरेपछि मिलानले ४–२ गोल अन्तरले खेल आफ्नो पोल्टामा पार्यो।

जितसहित ४९ अंकका साथ मिलाल अंकतालिकाको पाँचौ स्थानमा छ। एक खेल कम खेलेका रोमा र नेपोली समान ४८ अंकका साथ छैटौं र सातौं स्थानमा छन्।

Laxmi sunrise bank
kumari

यता हारका बाबवजुद युभेन्टस ७५ अंकका साथ शीर्षस्थानमा छ। ऊ दोस्रोस्थानको लाजियोभन्दा ७ अंकले अगाडि छ।

सिरी एमा आज हुने खेलः

जिओना र नेपाली, राति सवा ११ बजे
फियोरेन्टिना र क्यलिग्री, राति सवा ११ बजे
एटलान्टा र साम्प्दोरिया, राति साढे १ बजे
बोलोग्ना र सासउलो, राति साढे १ बजे

प्रकाशित: Jul 08, 2020| 06:55 बुधबार, असार २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।