बुधबार, असोज २१, २०८३

नेपालकै ठूलो डान्स रियालिटी शो कात्तिक ११ बाट हुने

आगामी कात्तिक ११ गते बिहीबारदेखि नेपालकै ठूलो ‘रियालिटी डान्स च्याम्पियन शो’ हुने भएको छ।
 |  शुक्रबार, असोज १, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १, २०७८

काठमाडौं- आगामी कात्तिक ११ गते बिहीबारदेखि नेपालकै ठूलो ‘रियालिटी डान्स च्याम्पियन शो’ हुने भएको छ।

इन्टरनेसनल डान्स एकेडेमी एण्ड फिल्मस् प्रालिद्वारा की एडभर्टाइजिङ सर्भिस प्रालिका लागि आगामी कात्तिक ११ गतेबाट ‘रियालिटी डान्स च्याम्पियन शो’ सुरु हुने भएको हो। 

उक्त मेगा शो कान्तिपुर टेलिभिजनबाट प्रशारण हुनेछ। कार्यक्रमको मार्केटिङ कि एडभर्टाइजिङ सर्भिस प्रालिले गर्ने भएको हो। काठमाडौंको द एभरेष्ट होटलमा भएको पत्रकार सम्मेलनमा कि एडभर्टाइजिङ र कान्तिपुर टेलिभिजनबीच सम्झौता गर्दै कार्यक्रम शुभारम्भको घोषणा गरिएको हो।

कार्यक्रममा कि एडभर्टाइजिङ सर्भिस प्रालिका अध्यक्ष रविन्द्रकुमार रिजालले यस मेगा शोमा १६ वर्ष भन्दामाथि र ४५ वर्ष भन्दा मुनिका प्रतिष्पर्धीलाई भाग लिन दिइने जानकारी दिए। उनले दशैँपछि रियालिटी शो सुरु हुने पनि बताए। 

उक्त मेगा शो प्रत्येक बिहीबार र शुक्रबार गरी हप्ताको दुई दिन बेलुकी ९:०० बजे प्रशारण हुनेछ। डान्स च्याम्पियनका निर्णयाकमा नायिका निरुता सिंह, कोरियोग्राफर जगत रावल र डान्सर आस्मा विश्वकर्मा रहेका छन्।

प्रकाशित: Sep 17, 2021| 03:05 शुक्रबार, असोज १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।