सोमबार, असार २९, २०८३

एभर्टोनको आत्मघाती गोलबाट टोटेनहम विजयी

इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत सोमबार राति भएको खेलमा टोटेनहमले एभर्टोनलाई पराजित गरेको छ ।
 |  मंगलबार, असार २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २३, २०७७

इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत सोमबार राति भएको खेलमा टोटेनहमले एभर्टोनलाई पराजित गरेको छ । टोटेनहम हट्स्पुर मैदानमा सम्पन्न खेलमा पहुना टोली एभर्टोनले १-० गोलको हार बेहोरेको हो।

प्रतिस्पर्धात्मक खेलको २४ औं मिनेटमा एभर्टोनका माइकल केइनल आफ्नै पोस्टमा गोल गरे। उनले आत्मघाती गोल गरेसँगै घरेलु टिमले एक गोल उपहार पायो। साथै पहिलो हाफमा टोटेनहम एक गोलले अघि रह्यो।

दोस्रो हाफमा दुवै टिमले गोल गर्न नसेपछि पहिलो हाफको आत्मघाती गोल नै निर्णायक बन्यो । जितसहित टोटेनहम अंकतालिकाको ८ औं स्थानमा छ। उसले ३३ खेलमा १३ जित र ९ बराबरी खेल्दै ४८ अंक बनाएको हो।

यता हारको सामना गरेको एभर्टोन ४४ अंकका साथ ११ औं स्थानमा छ।

इंग्लिस प्रिमियर लिगमा आज वाटफोर्ड र नर्विच सिटीबीच राति पौने ११ बजे प्रतिस्पर्धा हुँदै छ भने क्रिस्टल प्यालेस र चेल्सी राति पौने ११ बजे नै मैदान उत्रिदै छन् । आर्सनल र लेस्टर सिटीबीच राति १ बजे खेल हुँदैछ ।

प्रकाशित: Jul 07, 2020| 08:50 मंगलबार, असार २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।