सोमबार, असार २९, २०८३

सीपीएलमा सन्दीप अहिलेसम्मकै बढी मूल्यमा अनुबन्धित

सन्दीप लामिछानेले यस सिजनको क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी ट्वान्टी क्रिकेट जमैका तलावाजबाट खेल्ने भएका छन्।
 |  मंगलबार, असार २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २३, २०७७

सन्दीप लामिछानेले यस सिजनको क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी ट्वान्टी क्रिकेट जमैका तलावाजबाट खेल्ने भएका छन्।

सोमबार भएको ड्राफ्टबाट सन्दीपलाई जमैका तलावाजले अनुबन्ध गरेको हो। सन्दीपले यसअघि दुई पटक सीपीएल खेलिसकेका छन्।

सन्दीपलाई तलावाजले ९० हजार अमेरिकी डलर (करिब १ करोड ८ लाख नेपाली रुपैयाँ) मा अनुबन्ध गरेको छ।

सीपीएलमा सन्दीपको यो अहिलेसम्मकै सर्वाधिक महँगो मूल्य हो। सन्दीपलाई यसअघि सेन्ट किट्सले ५ हजार अमेरिकी डलर र बार्बाडोसले ७० हजार अमेरिकी डलरमा अनुबन्धन गरेको थियो ।

सन्दीप ड्राफ्टमा सहभागी ५३७ खेलाडीमध्ये एक्लो नेपाली हुन्। कोरोना भाइरसको महामारीका कारण यस सिजनको सीपीएल आगामी अगष्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रीनिडाड एन्ड टोबेगोको बन्द रंगशालामा गर्ने प्रस्ताव गरिएको छ।

प्रकाशित: Jul 07, 2020| 07:35 मंगलबार, असार २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।