बिहीबार, चैत ५, २०८२

राखेप सदस्यसचिव सिलवाल पदमुक्त, कार्यवाहकमा ढकाल

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवमा भक्तबहादुर ढकाल नियुक्त भएका छन्।
 |  सोमबार, असार २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २२, २०७७

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवमा भक्तबहादुर ढकाल नियुक्त भएका छन्।

National life

खेलकुद मन्त्रालयका महाशाखा प्रमुखसमेत रहेका ढकाललाई मन्त्रालयले सोमबार कार्यवाहक सदस्यसचिवको रुपमा जिम्मेवारी प्रदान गरेको हो।

खेलकुद मन्त्रालयकाले गत बिहीबारबाट लागू हुने गरी राष्ट्रिय खेलकुद विकास ऐन ल्याएसँगै राखेपका बोर्ड सदस्यहरुको कार्यकाल समाप्त भएको थियो। बोर्डका सदस्यहरुमा सदस्यसचिव रमेश सिलवाल, उपाध्यक्ष पिताम्बर तिम्सिनालगायत सदस्य थिए।

नयाँ ऐन प्रारम्च भएसँगै पूर्व सदस्य सचिव सिलवाल कार्यालय आउन छोडेका थिए। ऐनमा सदस्य सचिवको नियुक्ति प्रकृयामा समेत फरक भएकाले पूर्व सदस्य सचिवको कार्यकाल समाप्त भएको हो।

राष्ट्रिय खेलकुद विकास ऐनको परिच्छेद ४ को दफा १७ (१२) मा सदस्य सचिवको नियुक्ति नभएको वा कुनै कारणले रिक्त रहेमा मन्त्रालयले संघीय निजामति सेवाको राजपत्रांकित प्रथम श्रेणीको कर्मचारी वा परिषद्को वरिष्ठतम कर्मचारीलाई सदस्य सचिवको रुपमा कामकाज गर्ने गरी तोक्ने सक्ने उल्लेख छ। ऐनको यही दफामा टेकेर मन्त्रालयले ढकाललाई राखेपको जिम्मेवारी सुम्पिएको हो।

Laxmi sunrise bank
kumari

अब नयाँ सदस्य सचिवको नियुक्ति नभएसम्मका ढकालले नै परिषद् सम्हाल्ने छन्।

नयाँ सदस्य सचिव नियुक्तिका लागि एक जना महिलासहित तीन खेलकुद विज्ञको समितिले सिफारिस गर्नेछ। जसलाई खेलकुद मन्त्रीले सदस्य सचिवमा नियुक्ति गर्नेछन्। यो प्रकृया केही लामो हुृने भएकाले ढकाललाई तत्कालका लागि जिम्मेवारी प्रदान गरिएको हो।

‘खेलकुद विभाग हेर्ने भएकाले साधारण कार्यवाहकका रुपमा नियुक्त भएको छु। सायद छिटै सदस्य सचिव आउँदै हुनुहुन्छ। सदस्य सचिवको नियुक्ति राजनीतिक प्रकृयाबाट हुने भएकाले मैले त्यहाँ धेरै रोल खेल्ने पनि होइन। परिषद्मा धेरै काम गर्नेगरी नियुक्त भएको होइन। यत्रो ठूला संस्थाको जिम्मेवारी पनि धेरै नै हुन्छ। नयाँ सदस्य सचिव नियुक्ति गर्ने प्रक्रिया अघि बढ्दै होला,’ कार्यवाहक सदस्य सचिव ढकालले नेपाल समयलाई भने।

प्रकाशित: Jul 06, 2020| 17:10 सोमबार, असार २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।