सोमबार, असार २९, २०८३

रामोस र कार्वाखलले अलाभेसविरुद्धको खेल गुमाउने

एजेन्सी– स्पेनिस क्लब रियल मड्रिडका डिफेन्डर एवम् कप्तान सिर्जियो रामोस र अर्का डिफेन्डर डेनियल कार्वाखलले आउँदो शुक्रबार हुने अलावेससँगको खेल गुमाउने भएका छन्। उनीहरुले आइतबार रातिको खेलमा पहेंलो कार्ड पाएसँगै अर्को खेलमा सहभागी नहुने भएका हुन।
 |  सोमबार, असार २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २२, २०७७

एजेन्सी– स्पेनिस क्लब रियल मड्रिडका डिफेन्डर एवम् कप्तान सिर्जियो रामोस र अर्का डिफेन्डर डेनियल कार्वाखलले आउँदो शुक्रबार हुने अलावेससँगको खेल गुमाउने भएका छन्। उनीहरुले आइतबार रातिको खेलमा पहेंलो कार्ड पाएसँगै अर्को खेलमा सहभागी नहुने भएका हुन।

रामोसले खेलको ९० मिनेटमा इडर माइलिताओमाथि भएको फउलको विरोध गरेपछि उनलाई रेफ्री जोस लुइस गोन्जालेजले पहेँलो कार्ड देखाए।

त्यस्तै कार्वाखलले आइतबारको खेलमा जारी सिजनको दशौँ पहेँलो कार्ड पाएका छन्। खेल सकिने क्षणमा थियो, कार्वाखल मिडफिल्डर लुका मोड्रिचर आइकल मुनियनको बीचमा आएक कारण पहेँलो कार्ड पाए।

क्लबका अर्का खेलाडी नाचो फर्नान्डेज पनि चोटका कारण स्क्वाड बाहिर रहेको अवस्थामा जिनेदिन जिदानेको साइडलाई अप्ठ्यारो परेको छ।

अबको स्क्वाडमा मिलितियानो रामोसको ठाउँमा देखिन सक्नेछन्। जसमा दुई अन्य विकल्प पनि छन्। एक फल्र्यान्ड मेन्डी जसले दोस्रो हाफमा खेल्न सक्नेछन् र अर्का हुन् लुकास वास्क्वेज।

ग्यालिसियन खेलाडी लुकासले रियल मड्डिको हाइ प्रोफाइल गेम खेलिसकेका छन्। उनले सन् २०१८ मा च्याम्पियन्स लिगमा जर्मन लिग विजेता बायर्न म्युनिखविरुद्ध खेलेका थिए।

प्रकाशित: Jul 06, 2020| 14:02 सोमबार, असार २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।