सोमबार, असार २९, २०८३

फर्मुला वान सुरु हुँदै, रंगभेदको विरुद्धमा ड्राइभर

एजेन्सी– फर्मुला वानका ड्राइभरहरुले विश्वभर चलिरहेको रंगभेदविरुद्धको आवाज बुलन्द गरेका छन्।
 |  सोमबार, असार २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २२, २०७७

एजेन्सी– फर्मुला वानका ड्राइभरहरुले विश्वभर चलिरहेको रंगभेदविरुद्धको आवाज बुलन्द गरेका छन्।

खेल क्षेत्रका फुटबल, बास्केटबल, टेनिस लगायत विधाका खेलाडी र प्रशिक्षकले केही समयदेखि रंगभेदको विरोध गरेकोमा फर्मुला वानका ड्राइभरहरुले पनि सोही शैलीमा नश्लवाद र रंगभेदको विरोध गरेका हुन्।

अमेरिकमा अश्वेत नागरिक जर्ज फ्लोयडलाई प्रहरीले माइनापोलिसमा हत्या गरेपछि विश्वभरी रंगभेदको आन्दोलन चर्किएको छ। आन्दोलन अमेरिका, बेलायतलगायत विश्वका धेरै देशमा विभिन्न रुपमा फैलिएको हो।

यही आन्दोलनको एक स्वरुप फर्मुला वानका ड्राइभरमा पनि देखिएको हो। आइतबार अष्ट्रेलियामा भएको ग्रान्ड प्रिक्सको उद्घाटनमा मेडल जित्दा ड्राइभरहरु ‘इन्ड रेसिज्म’ लेखिएको कालो टि–सर्टमा देखिएका थिए।

त्यही सन्देश रेसभन्दा पहिले पनि दिइएको थियो– जब सबै ड्राइभरले त्यही टि–सर्ट प्रयोग गरेका थिए। फर्मुला वानको च्याम्पियन लुइस हेमिल्टन एफ वानको एकमात्र अश्वेत ड्राइभर थिए। उनले आफ्नो टि–सर्टमा ‘ब्ल्याक लाइभ्स म्याटर’लेखेका थिए। उनले घुँडा टेकेर अश्वेतमाथीको विभेदको विरोध गरेका थिए।

तर अन्य ड्राइभरहरुले घुँडा टेकेनन्। टि–सर्ट भने लगाए। यता, हेमिल्टनले जर्ज फ्लोयडको हत्यालाई लिएर केही हप्ता अघिबाटै बोल्दै आएका छन्। उनले लन्डनमा भएको ब्ल्याक लाइभ्स म्याटरको मार्चमा पनि सहभागिता जनाएका थिए।

पछिल्ला खेलहरुमा फुटबल खेलाडीले घुँडा टेकेर माइनापोलिसको घटनाको विराध गरेका छन्। तर फर्मुला वानका ड्राइभरले पनि प्रतियोगिता अघि (शुक्रबार) कसरी रंगेदको विरोध गर्ने भने सल्लाह गरेका थिए। त्यसबारे चार्ल्स लेक्लर र म्याक्स वेर्टस्ट्याप्पेनले ट्वीटरमा लेखे, ‘म मान्छु कि केही पनि कुरा तथ्यमा आधारित हुनुपर्छ। तर, इशाराका बाबजुद हाम्रो केही व्यवहार व्यवहार छन्। जुन केही देशमा विवादास्पद देखिएको छ।’

‘म घुँदाले टेकेर विराध गर्दिनँ तर यसको मतलव यो होइन कि म रंगभेको विरुद्धमा कम प्रतिबद्ध छु,’ उनीहरुले सामाजिक सञ्जालमा लेखेका थिए।

प्रकाशित: Jul 06, 2020| 13:02 सोमबार, असार २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।