शनिबार, चैत ७, २०८२

लिभरपुलको विजय यात्रामा माने र जोन्सको गोल

एजेन्सी– इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले पाहुना टोली एस्टोन भिल्लालाई २–० गोलले पराजित गरेको छ। लिभरपुलको मैदान एनफिल्डमा सम्पन्न खेलमा घरेलु टिमले जित निकालेको हो।
 |  सोमबार, असार २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २२, २०७७

एजेन्सी– इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले पाहुना टोली एस्टोन भिल्लालाई २–० गोलले पराजित गरेको छ। लिभरपुलको मैदान एनफिल्डमा सम्पन्न खेलमा घरेलु टिमले जित निकालेको हो।

National life

जितका लागि वेंगर सादियो माने र मिडफिल्डर कर्टिस जोन्सले गोल गरे। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भयो।

नाबी केठको पासमा मानेले खेलको ७१ औं मिनेटमा गोल गरे। मानेले बनाएको अग्रतालाई जोन्सले निर्धारित समयभन्दा एक मिनेट अघि गोल गर्दै दोब्बर बनाए।

२ गोलको अग्रतासँगै सम्पन्न खेलबाट लिभरपुलले आफ्नो खातामा ३ अंक थपेको छ। ८९ अंकसँगै शीर्षस्थानको लिभरपुल ७ खेल अगाबै लिग विजेता बनिसकेको छ।
यता र बेहोरेको एस्टोन भिल्ला २७ अंकका साथ रेलिगेसन जोनमा छ।

प्रकाशित: Jul 06, 2020| 08:56 सोमबार, असार २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।