सोमबार, असार २९, २०८३

सिटीको हारमा ग्वार्डिओलाको असन्तोष, एक सिजनमा ९ पराजय

एजेन्सी– इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीविरुद्ध साउथह्याम्टनले संघर्षपूर्ण जित निकालेको छ। साउथको सेन्ट म्यारी रंगशालामा सम्पन्न खेलमा सिटी १–० गोलको झिनो गोल अन्तरले पराजित भएको हो।
 |  सोमबार, असार २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २२, २०७७

एजेन्सी– इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीविरुद्ध साउथह्याम्टनले संघर्षपूर्ण जित निकालेको छ। साउथको सेन्ट म्यारी रंगशालामा सम्पन्न खेलमा सिटी १–० गोलको झिनो गोल अन्तरले पराजित भएको हो।

जितका लागि चे एडम्सले १६ औं मिनेटमा गोल गरे। उनको यो गोल सिजनकै सबैभन्दा लामो दूरीबाट गरिएको गोलसमेत हो। आर्मस्ट्रङबाट पाएको पासलाई एडम्सले गोल परिणत गरेपछि यही खेलको निर्णायक गोल बन्यो।

हारका बाबजुद म्यानचेस्टर सिटी दोस्रो स्थानमा कायम छ। उसको ६६ अंक छ। यता गएरातिको खेलमा जित निकालेको साउथह्याम्टन ४३ अंकका साथ १३ औं स्थानमा छ।

आइतबार रातिको हारपछि सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नो क्लबले किन जारी सिजनमा ९ हार बेहोर्यो भन्ने चिन्तामा रहेको बताएका छन्।

उनले पूर्व क्लब बार्सिलोना र बायर्न म्युनिखमा हुँदा पनि एकै सिजनमा ९ हार बेहारेका थिएनन्। उनले सन् २०१६–१७ को सिजनमा सबैभन्दा धेरै ६ हार बेहोरेका थिए। ‘हामीले आज राम्रो भन्दा पनि एक स्थान माथीकै खेल देखायौँ तर पनि जित निकाल्न सकेनौं,’ खेलपछि ग्वार्डिओलाले भने।

प्रकाशित: Jul 06, 2020| 07:59 सोमबार, असार २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।