सोमबार, असार २९, २०८३

खेल ठप्प भएपछि नाटक बनाउँदै खेलाडी र प्रशिक्षक

काठमाडौं– कोरोना महामारीका कारण देशभरी लकडाउन भएर खेल क्षेत्र ठप्प भएपछि खेलाडी बेरोजगार बनेका छन्। मैदान र खुला वातावरणमा रमाउने खलाडी घरमै समय व्यतित गर्नु परेपछि आजित भएर नाटक बनाउनतिर लागेका छन्।
 |  आइतबार, असार २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २१, २०७७

काठमाडौं– कोरोना महामारीका कारण देशभरी लकडाउन भएर खेल क्षेत्र ठप्प भएपछि खेलाडी बेरोजगार बनेका छन्। मैदान र खुला वातावरणमा रमाउने खलाडी घरमै समय व्यतित गर्नु परेपछि आजित भएर नाटक बनाउनतिर लागेका छन्।

नेपाल फुटबल एजेन्टको सहयोगमा खेलाडी र प्रशिक्षक मिलेर व्यंग्यसहितको नाटक बनाउने भएका हुन्।

कुलेश्वरको गणेश मन्दिरमा आज (आइतबार) बिहान नाटक सुटिङको उद्घाटन गरिएको छ। नाटकमा दाउफिन्स क्लबका प्रशिक्षक आशिक थापा, न्युरोड टिमका खेलाडी डिकेश खड्का र सकल रेग्मी, सशस्त्र प्रहरीका राजु नगरकोटी, मनाङ मर्स्याङ्दीका कमल श्रेष्ठ, संकटा क्लबका रवी सिलवाल र जनक कोइराला तथा फुटबल एजेन्ट सगुन ठकुरी रहेका छन्।

नाटकमा उनीहरुलाई मान श्री थिएटरकी कलाकार अनुजाले सहयोग गर्ने भएकी छिन्। आज विहानबाट सुटिङ सुरु गरिएको नाटक करिब १५ दिनमा सबै काम सकेर युट्युबमा प्रसारण गर्ने आयोजक नेपाल फुटबल एजेन्टले जनाएको छ। यसमा थप एपिसोडहरु पनि ल्याउने आयोजकको लक्ष्य छ।

नाटकको नाम ‘अफ साइड’ राखिएको छ।

प्रकाशित: Jul 05, 2020| 21:21 आइतबार, असार २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।