सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • ला लिगा : रामोसको १० गोल पूरा, पेनाल्टी गोलसँगै रियललाई ७ अंकको अग्रता

ला लिगा : रामोसको १० गोल पूरा, पेनाल्टी गोलसँगै रियललाई ७ अंकको अग्रता

स्पेनिस ला लिगा अन्तर्गत आज (आइतबार) साँझ सम्पन्न खेलमा रियल मड्रिडले एथ्लेटिक क्लबविरुद्ध १–० गोलको संघर्षपूर्ण जित निकालेको छ। एथ्लेटिक क्लबको सान म्याम्स रंगशालामा सम्पन्न खेलमा रियलले संघर्षपूर्ण जित निकालेको हो।
 |  आइतबार, असार २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २१, २०७७

स्पेनिस ला लिगा अन्तर्गत आज (आइतबार) साँझ सम्पन्न खेलमा रियल मड्रिडले एथ्लेटिक क्लबविरुद्ध १–० गोलको संघर्षपूर्ण जित निकालेको छ। एथ्लेटिक क्लबको सान म्याम्स रंगशालामा सम्पन्न खेलमा रियलले संघर्षपूर्ण जित निकालेको हो।

जितका लागि कप्तान सर्जियो रामोसले गोल गरे। उनले खेलको ७३ औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै गोल गरेका थिए।

पहिलो हाफमा कुनै गोल नभएपछि गोलरहित बराबरीमै रोकिएको थियो। तर दोस्रो हाफमा कप्तान रामोसले गोल गर्दै जिनेदिन जिदानेको क्लबलाई जित दिलाए।

जितसँगै रियल मड्रिडले शीर्षस्थानमा रहेर दोस्रो स्थानको बार्सिलोनासँग ७ अंकको अग्रता बनाएको छ। अंकतालिकामा रियलको ७७ अंक रहँदा बार्सिलोनाको ७० अंक छ। तेस्रो स्थानको एट्लेटिको उपाधि होडबाट पहिले नै बाहिरिसकेको छ।

यता ला लिगाका खेलमा डिफेन्डर रामोसले उत्कृष्ट खेल प्रदर्शन गरेर १० गोल पुर्याएका छन्। उनले जारी लिगमा तीन पेनाल्टी गोलसहित १० गोल पुर्याएका हुन्।
त्यस्तै जारी सिजनमा उनले रियलका लागि १२ गोल गरेका छन्।

प्रकाशित: Jul 05, 2020| 21:07 आइतबार, असार २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।