सोमबार, असार २९, २०८३

चार महिनापछि सुरु भयो जे लिग

एजेन्सी– कोराना महामारीका कारण रोकिएको जापानको व्यावसायिक फुटबल लिग (जे लिग) चार महिनापछि शनिबारबाट सुरु भएको छ।
 |  आइतबार, असार २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २१, २०७७

एजेन्सी– कोराना महामारीका कारण रोकिएको जापानको व्यावसायिक फुटबल लिग (जे लिग) चार महिनापछि शनिबारबाट सुरु भएको छ।

पहिलो चरणका खेल भएर फेब्रुअरीबाट ठप्प खेल शनिबारदेखि बन्द रंगशालामा पुनः सुरु भएको हो।

महामारीअघि लिगको पहिलो चरणका खेलमा मात्र सम्पन्न भएका थिए। महामारीपछि मैदान फर्किएको लिगमा शनिबार नै दोस्रो चरणका ९ खेल सम्पन्न भए। जे लिगमा १८ क्लब छन्।

सम्पन्न दुई खेलमा जित निकाल्दै साफ्रिसे हिरोसिमा शीर्षस्थानमा छ। त्यस्तै दोस्रो स्थानको टोकियोको ३ अंक छ।

जापानी सरकारले यो महिनाको अन्त्यसम्ममा समर्थकको उपस्थिति हुने गरी नै खेल गराउने योजना बनाएको छ। यद्यपि टोकियो लगायतका जापानी सहरमा कोरानाको महामारी बढ्दो छ।

साढे १२ करोड जनसंख्या भएको जापानमा कोरोनाका कारण अहिलेसम्म एक हजार जना मानिसको मृत्यु भइसकेको छ।

प्रकाशित: Jul 05, 2020| 13:07 आइतबार, असार २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।