शनिबार, चैत ७, २०८२

टिमो वार्नर : शान्त अनुहार, आक्रामक खेल

बुन्डेसलिगा खेलेर विश्वभर ख्याती कमाएका वार्नरको सामाजिक सञ्जालमा पनि उत्तिकै चर्चा हुन्छ।
 |  आइतबार, असार २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २१, २०७७

जर्मन क्लब आरबी लाइप्जिकको खेल हेर्नुभएको छ ? हेर्नुभएको भए थाहा हुन्थ्यो, को हुन् टिमो वार्नर। उनी खेलमा यसरी जम्छन् कि उनको खेल हेरेर मानिसहरु ११ नम्बरको जर्सीलाई आफ्नो दिमागमा कैद गरिहाल्छन्।

National life

बुन्डेसलिगा खेलेर विश्वभर ख्याती कमाएका वार्नरको सामाजिक सञ्जालमा पनि उत्तिकै चर्चा हुन्छ।

इन्स्टाग्राममा टिमोलाई ११ लाख फ्यानले फलो गरेका छन्। त्यस्तै फेसबुकमा झन्डै अढाई लाख र ट्विटरमा फलो गर्नेको संख्या एक लाखभन्दा धेरै छ। सफलताको मानक सामाजिक सञ्जाल त होइन। तर, उनलाई मन पराउनेको संख्याको उदाहरण भने यसरी पनि प्रस्तुत गर्न सकिन्छ।

कसैले प्रश्न गर्ला– खेलाडीको उत्कृष्टताको मानक के हो ? उत्तर होला– ड्रिबलिङ, प्रवेग, गोल गर्न सक्ने क्षमता, प्रतिस्पर्धीको दिमाग पढ्न सक्ने क्षमता....। तर, यस्ता साझा क्षमता धेरै खेलाडीमा पाइन्छ। तैपनि मेस्सीलाई किन धेरैले मन पराउँछन् र जोआ फेलिक्सलाई कमले ?

यी सबै कुरा खेलाडीको कौशल देखाउने शैलीमा भर पर्ने फुटबल पण्डितले बताउँदै आएका छन्। तिनै अर्जेन्टिनाका मेस्सीलाई आइडल मान्दै आएका खेलाडी वार्नरलाई पनि कौशलता प्रदर्शनमा कम आँक्न मिल्दैन।

Laxmi sunrise bank
kumari

स्पिड, स्कोरिङ र अन्य खेलाडीभन्दा राम्रो प्रदर्शन गर्ने भएर होला, साथीहरुले उनको नयाँ न्वारान गरिदिएका छन्– ‘टर्बो टिमो।’ अझ उनको दायाँ खुट्टा बढी नै चल्छ। दौडनमा माहिर छन् उनी। त्यसैले उनलाई कतिपय युरोपियन मिडियाले ‘स्पिडिङ बुलेट’को उपाधि दिएका छन्।

उनलाई ‘टर्बो’ बनाउन उनका पिता गुन्थर स्चुचले धेरै सहयोग गरे। अगाडिको पहाड देखाउँदै पिता अक्सर भन्थे, ‘एथ्लेट बन्नलाई दौडँदै ऊ त्यो पहाड उक्लँदै–झर्दै गर्नुपर्छ। त्यसले स्टामिना बढाउँछ।’

उनले त्यसै गरे। तर अहिले जुन उचाइ हासिल गरे, त्यो पहाड चढेर मात्र सम्भव हुने कुरा भने होइन। सानो प्रयासको सफलता मात्र पनि होइन। यद्यपि, तिनै संघर्षको खुड्किला टेक्दै एक दिन प्रिमियर लिग खेल्ने वार्नरको अन्तरात्माले बताइरहन्थ्यो। उनको मन म्यानचेस्टर युनाइटेडबाट खेल्ने सपना देख्थे। तर समयले चेल्सी पुर्यायो। खैर जे होस्, उनको प्रिमियर लिग खेल्ने सपना भने पूरा हुँदैछ।

उनलाई नजिकबाट हेर्ने जो कोहीले पनि महशुस गर्छन्– उनको खेल मात्र होइन, स्वभाव पनि उत्तिकै सम्मानयोग्य छ। नभए चेल्सीका प्रशिक्षक फ्रांक लाम्पार्ड र अध्यक्ष रोमन अब्राहमोबिचको मन कहाँ पग्लन्थ्यो र ? पछिल्लो सिजन युरोपा लिग जितेको चेल्सी जारी सिजनमा पनि एफए कपको विजेता हुने लडाइँमा छ।

एफए कपमा प्रिमियर लिग विजेता टिमलाई हराउन दख्खल राख्ने क्लबले साना खेलाडी भित्र्याएर क्लबलाई खुम्च्याउन अवश्य चाहँदैनन्। त्यसैले चेल्सीले ५ फिट ११ इन्च उचाइका खेलाडीमाथि ६५ मिलियन अमेरिकी डलर खर्च गर्न हिचकिचाएन। जसकारण पर्खाइ लामै भए पनि चेल्सीले वार्नर भित्र्याएरै छोड्यो।

यति महँगो मूल्यमा पुग्ने उनको विगत शिर्सन योग्य अवश्य छैन।

सन् १९९६ मार्च ६ का दिन जर्मनीको सुटरगार्टमा जन्मिएका वार्नर अहिले २४ वर्षका भए। एक त सुटरगार्टमा फुटबलको राम्रो वातावरण, त्यसपछि सानैबाट प्रतिभावान। टिमो ६ वर्षको उमेरमै भीएफबी सुटरगार्टबाट खेल्न थाले– एकेडेमीमा। एकेडेमीमा रहँदा उनी फुटबलर मारियो गोमेजबाट प्रेरित थिए। गोमेजका तस्बिर आफ्नो कोठाको भित्तामा टाँसेका थिए।

१४ वर्षे सुटरगार्ट बसाइमा उनले धेरै स्किल सिके। धेरै जितेनन् तर धेरै सिके। क्लबको केन्द्रमा रहे। एकेडेमीमा भर्ना गराइएको छोटो समयमै जुनियर टिममा पर्न सफल बने। उनको कलाले एकेडेमीका प्रशिक्षकलाई मोहित बनायो । जसकारण २०१२ मा सिनियर टिममै स्थान पाइहाले।

त्यतिबेला वार्नर १६ वर्षका थिए। त्यो सिजनमा यू–१९ को टिमबाट २४ गोल गर्दै उनले ‘फिर्त्ज वाल्टर मेडल’बाट सम्मानित बने । (यी सबै गोल आधिकारिक खेलका गोल अर्थात् फिफा मान्यता प्राप्त प्रतियोगिता भने होइनन्) । यस्तैमा उनी १७ वर्षको उमेरमै यूरोपा लिगको क्वालिफाइङ खेलमा सहभागी बने।

त्यसलगत्तै जर्मनी लिगमा गोल गर्दै सर्वाधिक कम उमेरमा गोल गर्ने खेलाडीसमेत बने उनी। सुटरगार्टसँगको आधिकारिक सम्झौतापछि उनी कम उमेरमा लिग खेल्ने खेलाडी बने। उनको रेकर्ड दुई वर्षअघि (२०१८)मा मात्र तोडियो। सुटरगार्टमा रहँदा १०३ खेल खेले र १४ गोल गरे।

२०१६ मा सुटरगार्ड दोस्रो डिभिजनमा रेलिगेट भएपछि उनी लाइप्जिकमा अनुबन्धन भए। अनुबन्धन भएकै साल एक खेलका दौरान रेकर्ड गरिएको तथ्यांकमा उनले ११.१ सेकेन्डमा १०० मिटर दूरी पार गरेका थिए। ‘सानो उमेरमा कहिलेकाहीँ बुवासँग पहाडमा कुद्ने गर्थेँ। उहाँले त्यतिबेला प्रोफेसनल बन्नको लागि अझै धेरै दौडनुपर्छ भन्नुहुन्थ्यो,’ उनले सो रेकर्डपछि बाल्यकालको सम्झना गर्दै भनेका थिए।

१० मिलियन यूरोमा लाइप्जिकमा अनुबन्धन भएका २० वर्षे टिमोले त्यहाँ ४ वर्ष बिताए। कम उमेरमा १५० बुन्डेसलिगा खेल्ने खेलाडी बने, इतिहासमै पहिलोपटक बायर्न म्युनिखविरुद्ध क्लबलाई लिड गराए। पहिलो सिजनमै गरेको २१ गोलले त हो उनलाई सबैले ‘लाइप्जिकको रकेट फ्युल’को उपाधि दिएका।

तर ११ नम्बरे खेलाडी त्यतिमै रोकिनेवाला अवश्य थिएनन्। २०१७-१८ सिजन पनि २१ गोल र ७ एसिस्टसँगै सिजन अन्त्य गरे। अर्को सिजनमा दुई गोल घटाए पनि यो सिजन (२०१९–२०)मा ३५ गोल गरे। लाइप्जिकमा १५९ गेम खेल्दा ९५ गोल र ४० एसिस्टको योगदान दिने टिमो आफ्नो टिमलाई सधै सम्झिहरने बताउँछन्।

यसरी फुटबलमा निरन्तर बढिरहेको उनको उचाइलाई यही वर्षको जुलाई १ बाट चेल्सीले आफ्नो बनाएको छ। प्रिमियर क्लबमा अनुबन्धन हुनुअघि सेन्टर फरवार्डले लाइप्जिकलाई धन्यवाद दिए। सामाजिक सञ्जालमा लाइप्जिकको तस्बिर पोस्ट गर्दै लेखे, ‘कस्तो राम्रो टिम ’ थ्यांयू फर एभ्रिथिङ।’

शान्तिपूर्ण खेलका लागि विश्वभर चिनिने वार्नरले चार सिजन बिताएको क्लबका सबै खेलाडी र समर्थकलाई सामाजिक सञ्जालबाटै शान्तिपूर्ण विदाइ गरे। धन्यवाद दिँदै ‘उनीहरु सधै मुटुमा रहने’ बताए। चेल्सीमा अनुबन्धन भएलगत्तै ‘ब्लुज’का सबै समर्थकलाई उनले जर्मनीबाटै माया र सद्भाव पठाए।

यता, चेल्सीका प्रशिक्षक लाम्पार्डले गएको मंगलबार एक कार्यक्रम गर्दै बुधबारबाट वार्नरलाई चेल्सीमा आधिकारिक रुपमा स्वागत गरे मन्तव्यबाटै। स्वागतको विशेष कार्यक्रम भने भएन। उनले त्यहाँ भने, ‘भोलिबाट वार्नर क्लबका आधिकारिक खेलाडी हुनेछन्। हामी योजना बनाउने बाटोमै छौं। मैले उनीसँग धेरै आशा राखेको छु।’

‘तर उनले यो सिजनमा खेल्ने छैनन्। त्यसैले अघिल्लो सिजनबाट खेल्नको लागि उनीहरुलाई तयार गरिने छ,’ लाम्पार्डले थपे।

अब २४ वर्षे यी फरवार्ड जुलाईको अन्तिममा मेडिकल सर्तहरु पूरा गरेर बेलायत जानेछन्। बुन्डेसलिगा लिग सकिएपछि बेलायत जान मेडिकल पास हुनुपर्ने छ। ‘चेल्सीमा अनुबन्धन हुने कुराले म अन्यत्तै खुसी छु, प्रिमियर लिग क्लबमा खेल्न पाउनु मेरा लागि गर्वको विषय हो,’ जर्मनका अन्तर्राष्ट्रिय फुटबलरले सम्झौता लगत्तै भनेका थिए।

‘म नयाँ सिजनमा मेरो नयाँ टिमका साथीहरु, प्रशिक्षक र चेल्सीका समर्थकसँग हुने छु। हामी सँगै भएपछिको भविष्य सफलतापूर्ण हुने छ,’ वार्नरले भने।

वार्नर आउने भएपछि चेल्सीका निर्देशक मारिया ग्रनोव्सकियाले क्लबमा सबैजना उत्साहित रहेको बताए। वार्नर यो सिजनका लागि चेल्सीमा अुनबन्धन हुने दोस्रा खेलाडी हुन्। उसले गएको फ्रेब्रुअरीमा आयाक्सका हाकिम जियाचलाई ३७ मिलियन पाउन्डमा अनुबन्धन गरेको थियो।

अन्त्यमा, उनको बारेमा पढ्दा छुटाउनै नहुने दुई कुरा छन्– उनको धनराशि र प्रेम सम्बन्ध। झन्डै ६ फिट उचाइ र चकलेटी अनुहारका वार्नरलाई देखेर जोकोही युवती लोभिन्छन्। जर्मन मोडेल जुलिया अलगर पनि त्यही शान्त स्वभाव र उनको चम्किलो मुहारका कारण प्रेममा परिन्। तर उनीहरु आफ्नो सम्बन्ध धेरै खुलाउन चाहँदैनन्। यद्यपि बेला मौकामा सामाजिक सञ्जालमा सँगै देखिन्छन्।

वार्नरको कुल सम्पत्ति एक मिलियन अमेरिकी डलर छ।

स्पोर्टीटेलकममा प्रकाशित सामग्री विनय सापकोटाले अनुवाद गरेका हुन्।

प्रकाशित: Jul 05, 2020| 12:55 आइतबार, असार २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।