सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • प्रिमियर लिग : शीर्ष ४ को दौडमा चेल्सी, युनाइटेड र लेस्टर, आर्सनल युरोपा लिगको दौडमा

प्रिमियर लिग : शीर्ष ४ को दौडमा चेल्सी, युनाइटेड र लेस्टर, आर्सनल युरोपा लिगको दौडमा

एजेन्सी– इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत शीर्ष चारको प्रतिस्पर्धा पेचिलो बनेको छ। तेस्रो, चौथो र पाँचौ स्थानका क्रमशः लेस्टर सिटी, चेल्सी र म्यान्चेस्टर युनाइटेड शीर्ष चारका लागि संघर्ष गरिरहेका छन्।
 |  आइतबार, असार २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २१, २०७७

एजेन्सी– इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत शीर्ष चारको प्रतिस्पर्धा पेचिलो बनेको छ। तेस्रो, चौथो र पाँचौ स्थानका क्रमशः लेस्टर सिटी, चेल्सी र म्यान्चेस्टर युनाइटेड शीर्ष चारका लागि संघर्ष गरिरहेका छन्।

शनिबार राति यि तीनै क्लबले छुट्टा–छुट्टै खेलमा जित निकालेसँगै शीर्ष ४ को प्रतिस्पर्धा अझै पेचिलो बनेको हो।

गएरातिको खेलमा लेस्टर सिटीले घरेलु मैदानमा क्रिस्टल प्यालेसविरुद्ध ३–० गोलको जित निकालेसँगै ऊ अंकतालिकाको तेस्रो स्थानमा छ। यता गएराति नै वाटफोर्डविरुद्ध घरेलु मैदानमा समान ३–० गोलले नै जित निकाल्दै चेल्सी चोथौ स्थानमा छ।

त्यस्तै अर्को खेलमा म्यनचेस्टर युनाइटेडले बर्नमाउथलाई ओल्ड ट्राफोर्डमा ५–२ गोल अन्तरले हराउँदै सानदार जित निकालेको छ। जितसगै युनाइटेड पाँचौ स्थानमा छ।

अंकतालिकामा ५८, ५७ र ५५ अंक रहेका लेस्टर सिटी, चेल्सी र म्यान्चेस्टर युनाइटेडलाई शीर्ष चारको संघर्ष सानो देखिएको छैन।

यता केही समय खराब प्रदर्शनका कारण ओलाचित बनेको आर्सनलले आफ्नो प्रदर्शनमा सुधार गरेको छ। सो सुधारसँगै ४९ अंकका साथ अंकतालिको सातौ स्थानमा आइपुगेको छ।

कोरोनाको महामारीपछि मैदान फर्किएको लिगका पहिलो तीन खेलमा लगातार हार बेहोरेर आलोचित बनेको आर्सनलले पछिल्ला चार खेलमा जित निकालिरहेको छ। उसले गएरातिको खेलमा पनि पाँचौ स्थानको वुल्भ्सलाई हरायो।

यता शीर्ष चारकै दौडमा रहेको वुल्भ्स भने आर्सनलसँगको हारपछि कमजोर बनेको छ। लिगको अंक तालिकामा वुल्भ्सको ५२ अंक छ।

ईपीएल अन्तर्गत आज ४ खेल

बर्नली र सेफील्ड युनाइटेड, पौने ५ बजे
न्युकासल र वेस्ट हाम, साँझ ७ बजे
लिभरपुल र एस्टोन भिल्ला, राति पौन १० बजे
साउथह्याम्टन र म्यानचेस्टर सिटी

प्रकाशित: Jul 05, 2020| 08:36 आइतबार, असार २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।