सोमबार, असार २९, २०८३

लिग विजेता बायर्नलाई जर्मन कपको उपाधि

एजेन्सी– जर्मनीको शीर्ष डिभिजन लिग बुन्डेसलिगाको उपाधि विजेता बायर्नले जर्मन कपको पनि उपाधि जितेको छ।
 |  आइतबार, असार २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २१, २०७७

एजेन्सी– जर्मनीको शीर्ष डिभिजन लिग बुन्डेसलिगाको उपाधि विजेता बायर्नले जर्मन कपको पनि उपाधि जितेको छ।

बर्लिनको ओलम्पिया रंगशालामा सम्पन्न फाइनल खेलमा बायर्नले लिभरकुसनलाई ४–२ गोल अन्तरले हराउँदै उपाधि जितेको हो।

बायर्नको जितका लागि रोबर्टो लेबान्डोस्कीले २ गोल गरे भने डेबिड अल्बा र सर्जे नाब्रीले एक–एक गोल गरे।

खेलको १६ औं मिनेटमा फ्रि किकमार्फत अल्बाले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाए। २४ औं मिनेटमा नाब्रीले सो अग्रतालाई दोब्बर बनाए। पहिलो हाफमै २ गोलले अघि रहेको खेलमा दोस्रो हाफमा पनि बायर्नले २ गोल थप्यो। त्यस्तै लिभकुसनका तर्फबाट पनि दुई गोल भयो।

६३ औं मिनेटमा लेबान्डोस्कीले गोल गर्दा बायर्न तीन गोलको अग्रतामा थियो। तर लिभरकुसनका भेन बेन्डरले ६३ औं मिनेटमा हेडमार्फत गोल गर्दै खेलमा फकर्न चाहे पनि जित नजिक पुग्न सकेनन्। बरु बायर्नका लेबान्डोस्कीले ८९ औं मिनेटमा अर्को गोल थपे।

यता लेभरकुसनका केइ हवार्तेजले अतिरिक्त समयमा गोल गरेपछि खेल ४¬–२ गोल अन्तरमा सकिएको थियो।

जितसँगै बायर्नले २० औं पटक जर्मन कपको उपाधि जितेको छ। घरेलु लिग बुन्डेसलिगा लगातार आठौं पटक जितेको बायर्नने जर्मन कप २० औं पटक जितेको हो।

 

प्रकाशित: Jul 05, 2020| 07:38 आइतबार, असार २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।