सोमबार, असार २९, २०८३

युभेन्टसको सानदार जितमा ड्याबला र रोनाल्डोको पनि गोल

एजेन्सी– सिरी ए अन्तर्गत शनिबार राति सम्पन्न खेलमा युभेन्टसले टोरिनोमाथि सानदार जित निकालेको छ। युभेन्टसको एलिनाज रंगशालामा सम्पन्न खेलमा युभेन्टसले जित निकालेको हो।
 |  आइतबार, असार २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २१, २०७७

एजेन्सी– सिरी ए अन्तर्गत शनिबार राति सम्पन्न खेलमा युभेन्टसले टोरिनोमाथि सानदार जित निकालेको छ। युभेन्टसको एलिनाज रंगशालामा सम्पन्न खेलमा युभेन्टसले जित निकालेको हो।

जितका लागि पउलो ड्याबला, जुआन कुआर्डाओ र क्रिस्टियानो रोनाल्डोले गोल गरे। खेलको तेस्रो मिनेटमै ड्याबलाले गोल गर्दै घरेलु टिमलाई सुरुवाती अग्रता दिलाए। त्यस्तै कुआर्डिओले २९ औं मिनेटमा गोल गरेर अग्रतालाई दोब्बर बनाए। तर पहिलो हाफको अतिरिक्त समयमा टोरिनोका आन्द्रेय बालोटीले पेनाल्टीमार्फत् गोल गर्दै नजितालाई २–१ बनाएका थिए।

दोस्रो हाफको ६१ औं मिनेटमा फरवार्ड रोनाल्डोले गोल गरेर फेरि टोरिनोमाथि दबाब बनाए। निर्धारित समयको तीन मिनेट अघि टोरिनोका कोफी डि जिडीले आत्मघाती गोल गरेपछि युभेन्टसको खातामा ४ गोल जम्मा भएको थियो।

घरेलु टिम युभेन्टसको जितसँगै अंकतालिकामा ७५ अंक छ। ऊ दोस्रो स्थानको लाजियोभन्दा ७ अंकले अघि छ। खेलमा हारको समाना गरेको टोरिनो ३१ अंकका साथ १३ औं स्थानमा छ।

सिरी ए अन्तर्गत आज राति ६ खेल हुँदै छन्।

प्रकाशित: Jul 05, 2020| 07:18 आइतबार, असार २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।