सोमबार, असार २९, २०८३

नापोली र रोमा पराजित

सिरी ए अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा घरेलु टोली एटलान्टासँग नापोली २–० गोलअन्तरले पराजित भएको छ।
 |  शुक्रबार, असार १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १९, २०७७

सिरी ए अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा घरेलु टोली एटलान्टासँग नापोली २–० गोलअन्तरले पराजित भएको छ।

कोरोना महामारीपछि पुनः सुरु भएको लिगको २९ चरणको खेलमा चौथो स्थानको एटलान्टासँग छैटौं स्थानको नापोली पराजित भएको हो।

यता एटलान्टाको जितका लागि मारियो पासालिक र रोबिन गोसेन्सले गोल गरे। खेलको पहिलो हाफ गोलरहित बराबरी रहे पनि दोस्रो हाफमा एटलान्टाले दुई गोल गर्यो।

४७ औं मिनेटमा गोमेजको पासमा पुलसिकले गोल गर्दै एटलान्टालाई सुरुवाती अग्रता दिलाए। त्यस्तै ५५ औं मनेटमा गोसेन्सले टोलोइको पासलाई सदुपायोग गर्दै अग्रतालाई दोब्बर बनाए।

दुई गोलको अग्रतासहित एटलान्टाले जित आफ्नो हातमा लियो। जितसहित उसले अंकतालिकामा ६० अंक बनाएको छ। त्यस्तै ४५ अंक बनाएको नापोली छैटौं स्थानमा छ।

गएराति नै सम्पन्न अर्को खेलमा रोमा घरेलु मैदानमा ओलम्पिकाओ रंगाशालामा उडिनेससँग २–० गोलअन्तरले पराजित भएको छ।

जितका लागि केभिन लासाग्नाले १२ औं मिनेटमा गोल गरे। त्यस्तै इलिज नेस्त्रोभ्स्कीले ७८ औं मिनेटमा गोल गरेका थिए। जितसहित उडिनेस १५ औं स्थानमा छ। यता हाका बाबजुद रोमा ४८ अंकका साथ पाचौं स्थानमा छ।

सिरी एमा आज कुनै खेल छैन। भोलि राति भने युभेन्टसले टोलिनोसँग र सौसेलोले लिसेसँग प्रतिस्पर्धा गर्ने छ।

एजेन्सी

प्रकाशित: Jul 03, 2020| 09:42 शुक्रबार, असार १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।