सोमबार, असार २९, २०८३

‘गार्ड अफ अनर’ पाएको लिभरपुल ४ गोलले पराजित

इंग्लिस प्रिमियर लिग (ईपीएल)को लिग विजेता क्लब लिभरपुल म्यानचेस्टर सिटीसँग ४-० गोलअन्तरले पराजित भएको छ ।
 |  शुक्रबार, असार १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १९, २०७७

इंग्लिस प्रिमियर लिग (ईपीएल)को लिग विजेता क्लब लिभरपुल म्यानचेस्टर सिटीसँग ४-० गोलअन्तरले पराजित भएको छ ।

बिहीबार राति भएको खेलमा सिटीले इथायड रंगशालामा गार्ड अफ अनरसहित स्वागत गरेको पाहुना टोलीविरुद्ध सानदार जित निकालेको हो ।

जितका लागि केभिन डि ब्रुन, रहिम स्टार्लिङ र फाइल फाडेले समान एक÷एक गोल गरे भने लिभरपुलका एलेक्स ओजाल्दे च्याम्बेरर्लिनले आत्मघाती गोल गरे ।

२५ औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपायोग गर्दै ब्रुनले गोल गरेर घरेलु क्लबलाई सुरुवाती अग्रता दिलाए। त्यस्तै ३५ औं मिनेटमा फोडेनले दिएको पासलाई स्टार्लिङले पोस्टमा छिराउँदै अग्रतालाई दोब्बर बनाए।

तेस्रो गोलका लागि ४५ औं मिनेतमा ब्रुनले दिएको पासलाई फोडेनले सदुपयोग गरे। पहिलो हाफमा तीन गोलसहित सहज अवस्थामा पुगेको सिटीले दोस्रो हाफको ६६ औं मिनेटमा पनि एक गोल उपहार पायो। लिभरपुलका च्याम्बरलिनले आफ्नै पोस्टमा गोल गरेपछि सिटीले ४–० गोल अन्तरले जित निकालेको हो।

जितसहित दोस्रो स्थानको सिटीको ६६ अंक छ। उसले दोस्रो स्थानमा आफ्नो ठाउँ सुरक्षित गर्न अझै ८ अंक आवश्यक छ। यता हारको समान गरेको लिभरपुल भने विजेता बनिसकेको छ। अंकतालिकामा उसको ८६ अंक छ।

ईपीएलमा सविक विजेता क्लबले जारी सिजनको विजेता क्लबलाई गार्ड अफ अनर दिने परम्परा रहेको छ। सोही परम्परा अनुसार सविक विजेता टोली सिटीले जारी लिगको विजेतालाई गार्ड अफ अनर दिएको हो।

ईपीएल अन्तर्गत आज कुनै खेल छैनन्। शनिबार राति भने नर्विच सिटी र ब्राइटोन, लेस्टर सिटी र किस्टल प्यालेस, म्यानचेस्टर युनाइटेड र बर्नेमाउथ, वुल्भ र आर्सनलका साथै चेल्सी र वाटफोर्डको खेल रहेको छ।

प्रकाशित: Jul 03, 2020| 08:34 शुक्रबार, असार १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।