सोमबार, असार २९, २०८३

रियल मड्रिडको संघर्षपूर्ण जीत, बार्सालाई पछि पार्यो ४ अंकले

गेटाफेविरुद्ध १-० गोल अन्तरको संघर्षपूर्ण जित निकाल्दै रियल मड्रिडले शीर्षस्थानमा ४ अंकको अग्रता बनाएको छ।
 |  शुक्रबार, असार १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १९, २०७७

गेटाफेविरुद्ध १-० गोल अन्तरको संघर्षपूर्ण जित निकाल्दै रियल मड्रिडले शीर्षस्थानमा ४ अंकको अग्रता बनाएको छ।

ला लिगा अन्तर्गत रियलको अल्फ्रेदो डि स्टेफानो रंगशालामा बिहीबार राति सम्पन्न खेलमा गेटाफेविरुद्ध जित निकाल्दै शीर्षस्थानमा अग्रता बढाएको हो।

प्रतिस्पर्धात्मक खेलको पाहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा भने कप्तान सर्जियो रामोसले गोल गर्दै रियललाई जित दिलाए। पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै रामोसले ७९ औं मिनेटमा निर्णायक गोल गरे।

जितसँगै अंकतालिकामा रियलको ७४ अंक छ। उसले दोस्रो स्थानको बार्सिलोनालाई ४ अंकले पछि पारेको छ। बर्सिलोनाले पछिल्लो २ खेलमा सेल्टा भिगो र एट्लेटिको मड्रिडसँग बराबरी खेलेर ४ अंक गुमाएको थियो।

यता हारको समाना गरेको गेटाफे ५२ अंकका साथ छैटौं स्थानमा छ।

त्यस्तै बिहीबार राति नै भएको खेलमा रियल सोसिडाडले आफ्नै मैदानमा एस्पानोयललाई २–१ गोल अन्तरले हराएको छ। आइबरको मैदानमा भएको अर्को खेलमा घरेलु टिमलाई ओसासुनाले २–० गोल अन्तरले हराएको छ।

ला लिगामा शुक्रबार राति पौने २ बजे एथ्लेटिको मड्रिड र कायोर्काबीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रकाशित: Jul 03, 2020| 08:10 शुक्रबार, असार १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।