सोमबार, असार २९, २०८३

रियल मड्रिडले पहिलो पटक बनायो आफ्नै महिला टिम

स्पेनिस क्लब रियल मड्रिडले पहिलो महिला टिमको घोषणा गरेको छ।
 |  बिहीबार, असार १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार १८, २०७७

स्पेनिस क्लब रियल मड्रिडले पहिलो महिला टिमको घोषणा गरेको छ। क्लबले यो घोषणालाई स्पेनिस फुटबलमा सकारात्मक कुराका रुपमा लिएको बताएको छ।

लस बाल्कोनले मड्रिड बेसर क्लब ट्याकोनमाथि तीन लाख यूरो खर्च गरेर टिम किनेको हो। अब सोही टिमलाई ‘रियल मड्रिड फेमेनिनो’ भनेर चिनिने छ। स्पेनिस भाषामा ‘फेमेनिनो’को अर्थ महिला भन्ने हुन्छ।

रोयल स्पेनिस फुटबल फेडेरेसन(आरएफइएफ) को सदस्यहरुले रियलको निर्णयलाई स्वीकृति दिएपछि उसले नयाँ टिमलाई व्यवस्थापन गर्ने छ।

क्लबको घोषणापछि मड्रिडले भनेको छ, “क्लबले महिला टिमको डिपोर्टिभो ट्याकोनसँग मर्जर सम्बन्धमा आरएफइएफलाई डकुमेन्ट पठाएका छौं।”

आरएसएफएफले पनि रियलले पठाएको सबै डकुमेन्ट सही भएको र चलिरहेको फुटबलको सिजन सकिएपछि मर्जर लागू हुने बताएको छ।

अब रियल मड्रिडले आउँदो सिजनबाट महिला टिममा पनि सहभागिता जनाउने भएको छ। रियल मड्रिड सिटी महिला टिमको घरेलु मैदान र ट्रेनिङ मैदानको रुपमा हुने छ।

“हामीले महिलाको टिम सिनियरसँगै यू–१९ र यू–१६ को पनि बनाउने छौं,” क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “रियलले महिला फुटबलमा पनि नयाँ चुनौती र समाजको विकासका लागि पर्खिरहेको छ।”

एजेन्सी

प्रकाशित: Jul 02, 2020| 13:18 बिहीबार, असार १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।