शनिबार, चैत ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • श्रीलंकाका खेलाडीमाथि म्याच फिक्सिङको अनुसन्धान हुँदै, आईसीसीको बेवास्ता

श्रीलंकाका खेलाडीमाथि म्याच फिक्सिङको अनुसन्धान हुँदै, आईसीसीको बेवास्ता

पूर्वमन्त्री अलुधगामनेले म्याच फिक्सिङको दाबी गरे तापनि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले फिक्सिङबारे ध्यान दिएको छैन। उसको एन्टी-करप्सन युनिट(एसीयु)ले सो खेलमा कुनै शंकास्पद गतिविधि नभएको बताएको छ।
 |  बिहीबार, असार १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार १८, २०७७

एक दिवसीय विश्वकप २०११ को फाइनल खेल भारतको मुम्बईमा सम्पन्न भयो। खेलमा टस जितेर ब्याटिङ सम्हालेको श्रीलंकाले पूरा ५० ओभर खेलेर ६ विकेटको क्षतिमा २७४ रन बनाएको थियो। उक्त खेलमा श्रीलंकाका लागि महेला जयवर्धनेले सर्वाधिक १०३ रन प्रहार गरे।

National life

२७५ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको भारतका चर्चित ब्याट्समेन सचिन तेन्दुलकर १८ रन बनाएर पेवेलियन फर्किए। अर्का ओपनर वीरेन्दर सेहवागले त एक रन पनि जोड्न सकेनन्। त्यसपछि श्रीलंकाले भारतमाथि दबाब बनाएको थियो।

तर, खेल चमत्कारिक तरिकाले भारतको पोल्टामा पुग्यो। भारतका गौतम गम्भीर र महेन्द्रसिंह धोनीले शतक हान्न चुके पनि क्रमशः ९७ र ९१ रन बनाए। साथै भारतले मात्र ४ विकेटको क्षतिमा २७७ रन बनायो। र, भारतले विश्वकप जित्यो। श्रीलंका उपविजेता भयो। सो खेलमा ८.२ ओभर बलिङ गरेका श्रीलंकाका नुवान कुलसेकराले ६४ रनसहित सर्वाधिक ७.६८ इकोनामी प्रदान गरेका थिए।

यसको दोष श्रीलंकाको कमजोर फिल्डिङलाई दिइयो। जसमा कुमार संगकाराले कप्तानी गरेका थिए।

श्रीलंकाको सो हारबाट रुष्ट पूर्वखेलकुदमन्त्रीले महिन्दानन्द अलुधगामनेले खेलाडीलाई म्याच फिक्सिङको आरोप लगाएका छन्। उनले खेलाडीका साथै राष्ट्रिय खेल चयन समितिका अध्यक्ष र अविन्द डि सिल्वामाथि पनि फिक्सिङको आरोप लगाएका छन्।

Laxmi sunrise bank
kumari

अलुधगामने सन् २०११ को विश्वकपको समयमा श्रीलंकाका खेलकुदमन्त्री थिए, उनी अघिल्लो महिना हुने संसदको पुनः निर्वाचनका प्रत्यासी उम्मेद्वार हुन्।

पूर्वमन्त्री अलुधगामनेले म्याच फिक्सिङको दाबी गरे तापनि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले फिक्सिङबारे ध्यान दिएको छैन। उसको एन्टी-करप्सन युनिट(एसीयु)ले सो खेलमा कुनै शंकास्पद गतिविधि नभएको बताएको छ।

आईसीसीका एक वरिष्ठले अधिकारीले इएसपीएन क्रिकइन्फोसँग कुरा गर्दै त्यो विश्वकप फाइनलमा कुनै भ्रष्टाचारका केस नभएको बताएका छन्।
त्यस्तै, विश्वकप प्रतियोगिताका एक वरिष्ठ अधिकारीले अहिलेसम्म म्याच फिक्सिङबारे कुनै रिपार्ट नआएको क्रिकइन्फोले जनाएको छ।

श्रीलंकाका तत्कालीन कप्तान कुमार संगकाराले पनि पूर्वखेलकुदमन्त्रीलाई उनको भनाई सावित गर्न चुनौती दिएका छन्। उनका साथै टिमका अन्य खेलाडीले पनि सो कुरा पुष्टि गर्न चुनौती दिएका छन्।

यता पूर्वमन्त्रीले विश्वकप फाइनलमा श्रीलंकाको प्लेइङ ११ मा चार खेलाडीलाई आचर्यजनक तरिकाले परिवर्तन गरेको आरोप समेत लगाएका छन्।

“आज हामीले २०११ को विश्वकपको म्याच फिक्सिङबारे अनुसन्धान थालेका छौं,” म्याच फिक्सिङ अध्ययन गर्न बनेको स्पेसल अनुसन्धान युनिट (एसआईयू)का सुपरिटेन्डेन्ट जगथ फोन्सेकाले मंगलबार भने।

सोही समितिले गएको मंगलबार छनोट समिति प्रमुख अरबिन्दा डि सिल्वालाई ६ घन्टासम्म सोधपुछ गरेको थियो। तर, सो सोधपुछको नतिजा प्रकाशन भइसकेको छैन।

हिजो (बुधबार) पनि विश्वकपका ओपनर उपुल थरंगालाई विश्वकपबारे सोधपुछ गरिएको थियो। उनलाई एसआईयूले दुई घन्टा प्रश्न गरेको थियो। “उहाँहरुले गरिरहेको अनुसन्धानबारे केही प्रश्न सोध्नुभयो। मैले उत्तर दिएँ,” सोधपुछपछि थरंगाले अन्य सूचना नदिइकन भनेका छन्।

एसआईयूले आज तत्कालीन कप्तान संगकारासँग बयान लिने बताइएको छ। उनले र उनका डिपुटी महेला जयवर्धनेले सो खेलपछि आफ्नो जिम्मेवारीबाट राजीनामा दिएका थिए।

एजेन्सी

प्रकाशित: Jul 02, 2020| 13:01 बिहीबार, असार १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।