बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रामेछापको बोक्सेमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

रामेछापको बोक्सेमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

रामेछापको बोक्सेमा बोलेरो दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ।
 |  बिहीबार, भदौ ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३१, २०७८

काठमाडौं- रामेछापको बोक्सेमा बोलेरो दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय छामेछापका अनुसार दुर्घटनामा परेर तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा एक जना बालकको घाइते भएको प्रहरीले जनाएको छ।

मन्थली नगरपालिका-४ का वडाध्यक्ष विरेन्द्रकुमार बज्राचार्यले गाडि तामाकोसी नदीमा खसेको जानकारी प्राप्त भएको बताए। 'ढाँडेसिरिसेबाट काठमाडौं जाँदै गरेको चार जना सवार बोलेरो दुर्घटना भएको र तीन जनाको ज्यान गएको भन्ने सुन्नमा आएको छ', उनले भने। प्रहरीका अनुसार घटनाको थप विवरण आउन बाँकी छ।

प्रकाशित: Sep 16, 2021| 10:49 बिहीबार, भदौ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।