शनिबार, चैत ७, २०८२

ब्रेसियाविरुद्ध इन्टर मिलानको ६ गोल

बुधबार राति सम्पन्न खेलमा घरेलु टिम इन्टर मिलानले ब्रेसियामाथि ६–० गोल अन्तरको सानदार जित निकालेको छ। गिउसेप्पे मेजा रंगाशालामा सिरी ए अन्तर्गतको खेलमा मिलानले सानदार जित निकालेको हो।
 |  बिहीबार, असार १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार १८, २०७७

बुधबार राति सम्पन्न खेलमा घरेलु टिम इन्टर मिलानले ब्रेसियामाथि ६–० गोल अन्तरको सानदार जित निकालेको छ। गिउसेप्पे मेजा रंगाशालामा सिरी ए अन्तर्गतको खेलमा मिलानले सानदार जित निकालेको हो।

National life

जितका लागि अश्ले योङ, अलेक्स सान्चे, डानियालो अम्ब्रोसियो, राबर्टो ग्यालिआर्दिनी, क्रिस्टियन एसिक्सन र एन्टोनी क्यान्डेरेवाले एक–एक गोल गरे। अश्लेले खेलको पाँचौ मिनेटमै गोल गर्दै सुरुवाती अग्रता दिलाए। त्यस्तै सान्चेले २० औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै गोल गरे। उनको गोलसँगै दुई गोलको अग्रता बनाएका इन्टरका अम्ब्रोसियाले ४५ औं मिनेटमा अग्रतालाई तेब्बर बनाए।

पहिलो हाफमा तीन गोलको अग्रता बनाएको घरेलु टिमले दोस्रो हाफमा पनि तीन गोल नै गर्यो।

५२ औं मिनेटमा ग्यालिआर्दिनीले र ८३ औं मिनेटमा एसिक्सने गोल गरे। खेलको निर्धारित समयभन्दा २ मिनेटभन्दा अघि गोल गर्दैै क्यानडेरेवाले जितलाई आधा दर्जन गोलमा पुर्याए।

जितसँगै इन्टरको ६४ अंक छ। ऊ लिगको तेस्रो स्थानमा छ। यता लज्जास्पद हार बेहोरेको ब्रेसिया भने अंकतालिकाको पुछारमा छ।

Laxmi sunrise bank
kumari

अन्य खेलः

बोलोग्ना १-१ क्यालिग्री
लिसे १-२ साम्दोरिया
फियोरेन्टिना १-३ सौसेलो
स्पल २-२ एसी मिलान
भरोना ३-२ पार्मा

सिरी एक अन्तर्गत आजका खेल

एटलान्टा र नेपोली राति सवा ११ बजे
रोमा र उडिनेस राति साढे १ बजे

प्रकाशित: Jul 02, 2020| 07:43 बिहीबार, असार १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।