घरेलु टिम आर्सनलले इंग्लिस प्रिमियर लिग(ईपीएल)मा पाहुना टोली नर्विचमाथि सानदार जित निकालेको छ। इमिरेट्स रंगशालामा बुधबार राति सम्पन्न खेलमा आर्सनलले ४–० को सानदार जित निकालेको हो।
जितका लागि इमिरिक अबुमयाङले २ गोल गरे भने ग्रेनिट हाका र सेड्रिक सोअरेसले एक–एक गोल गरे। अबुमयाङले खेलको ३३ औं मिनेटमा गोल गर्दै घरेलु टिमलाई सुरुवाती अग्रता दिलाए। त्यस्तै ३७ औं मिनेटमा अबुमियाङले दिएको पासलाई हाकाले गोलमा बदले। उनको गोलसँगै पहिलो हाफमा आर्सनल दुई गोलले अगाडि रह्यो।
दोस्रो हाफमा पनि आर्सनलले २ गोल गर्यो। ६७ औं मिनेटमा अबुमियाङले व्यक्तिगत दोस्रो गोल गरे भने क्लबको तेस्रो गोल गरे। त्यस्तै ८१ औं मिनेटमा सेड्रिकले गोल गर्दै जितलाई ४–०का नजितामा पुर्याए।
जितका साथ आर्सनल अंकतालिकाको सातौं स्थानमा छ। ४६ अंकका साथ सातौं स्थानमा रहेको आर्सनलभन्दा एक खेल कम खेलेको टोटेनहम ४५ अंकका साथ आठौं स्थानमा छ। लज्जास्पद हार बेहोरेको नर्विच सिटी अंकतालिकाको पुछारमा छ।
बुधबार राति नै सम्पन्न अर्को खेलमा घरेलु टिम एभार्टोनले लेस्टर सिटीविरुद्ध २–१ गोलको संघर्षपूर्ण जित निकालेको छ।
एभर्टोनको जितका लागि रिहासिसन र सिगुरोसनले गोल गरे। एभर्टोन लिगमा १२ जिसहित ४४ अंकका साथ ११ औं स्थानमा छ भने हारका बावजुद लेस्टर सिटी ५५ अंकका साथ तेस्रो स्थानमा छ।
ईपीएलमा आज राति पौने ११ बजे हुने खेलमा शेफिल्ड युनाइटेडले टोटेनहमको सामना गर्ने छ। त्यस्तै दोस्रो खेलमा शीर्ष दुई स्थानका लिभरपुलले म्यानचेस्टर सिटीको मैदानमा घरेलु टिमसँग खेल्ने छ।
त्यस्तै आज लिभरपुलले गार्ड अफ अनर पाउने कार्यक्रम छ।