शनिबार, चैत ७, २०८२

पुनः सुरु भएको खेलमा चेल्सी पहिलो पटक पराजित

इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत बुधबार राति सम्पन्न खेलमा चेल्सीले घरेलु टोली वेस्टहामसँग ३–२ गोल अन्तरले पराजय भोगेको छ। कोरोना महामारीपछि लगातार जित निकालेको चेल्सीले लन्डन रंगशालाको प्रतिस्पर्धात्मक खेलमा भने जित निकाल्न सकेन।
 |  बिहीबार, असार १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार १८, २०७७

इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत बुधबार राति सम्पन्न खेलमा चेल्सीले घरेलु टोली वेस्टहामसँग ३–२ गोल अन्तरले पराजय भोगेको छ। कोरोना महामारीपछि लगातार जित निकालेको चेल्सीले लन्डन रंगशालाको प्रतिस्पर्धात्मक खेलमा भने जित निकाल्न सकेन।

National life

यता वेस्टहामको जितका लागि थोमस सउसेक, मिकाली र अन्ड्यि योमोलेन्कोले गोल गरे। खेलको ४२ औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै पाहुना टोलीका विलियमले सुरुवाती अग्रता बनाए तर उनको सो अग्रता केही मिनेट पनि टिक्न पाएन। पहिलो हाफको इन्ज्युरी समयमा सउसेकले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

पहिलो हाफमा १–१ गोलको बराबरीमा रहेको खेलको दोस्रो हाफ पनि प्रतिस्पर्धात्मक बन्यो। ५१ औं मिनेटमा घरेलु टिमका एन्टोनियोले गोल गर्दै अग्रता दिलाए। त्यो अग्रता चेल्सीका विलियमले ७२ औं मिनेटमा खोसे। र, खेललाई बराबरीमा ल्याए। २–२ को बराबरीमा चलिरहेको खेलमा निर्धारित समयभन्दा एक मिनेटअघि एन्टोनीको पासमा योमोलेन्कोले गोल गर्दै वेस्ट हामलाई जित दिलाए।

सुरुवाती दुई गोलका लागि भने वोमेनले पास उपलब्ध गराएका थिए। जितका साथ वेस्ट हाम ३० अंकका साथ अंकतालिकाको १६ औं स्थानमा छ भने हारका बाबजुद पनि चेल्सी चौथो स्थानमा कायम छ। चेल्सीको ५४ अंक छ। उसलाई समान ५२ अंक रहेका म्यानचेस्टर युनाइटेड र वुल्भ्सले पाँचौ र छैटौं स्थानमा रहेर पछ्याइरहेका छन्।

प्रकाशित: Jul 02, 2020| 06:54 बिहीबार, असार १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।