बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सामूहिक हत्या प्रकरण : अभियुक्त लोकबहादुरका भाइ पनि पक्राउ

सामूहिक हत्या प्रकरण : अभियुक्त लोकबहादुरका भाइ पनि पक्राउ

सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या घटनामा पक्राउ परेका लोकबहादुरका भाइलाई पनि प्रहरीले पक्राउ गरेको छ।
 |  बिहीबार, भदौ ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३१, २०७८

काठमाडौं- सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या घटनामा पक्राउ परेका लोकबहादुरका भाइलाई पनि प्रहरीले पक्राउ गरेको छ।

लोकबहादुरका भाइ नरेश कार्कीलाई पक्राउ गरेर सोधपुछ गरिरहेको सङ्खुवासभा प्रहरीले जनाएको छ। हत्या गरिएकी ३२ वर्षीया रञ्जना कार्कीको मोबाइल नरेशको साथबाट पाइएकाले पक्राउ गरेर उनीमाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको हो। 

'नरेशको साथबाट मोबाइल बरामद भएको छ। हामी अहिले सोधपुछ गरिरहेका छौं। अनुसन्धानबाट थप तथ्य खुल्ला', सङ्खुवासभा प्रहरीले भन्यो।

भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो। हत्या भएको पाँच दिनपछि लोकबहादुरलाई पक्रेर प्रहरीले सार्वजनिक गरेको थियो। 

हत्यापछि केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी रुगम कुँवर, सङ्घीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल र सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदी सहितको टोली असन्धानमा खटेको थियो।

प्रकाशित: Sep 16, 2021| 09:37 बिहीबार, भदौ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।